ताजा खबर

फेवातालमा अतिक्रमण गरेको जग्गा फिर्ता गरी छाड्छौंःमन्त्री अर्याल समाजकै प्रतिष्ठित व्यक्तिले फेवाताल अतिक्रमण गरेका छनः मेयर जिसी

डि.एन.बी.
पोखरा २७, कार्तिक

भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पह्म अर्यालले पोखराको फेवातालको अतिक्रमण गरेको जग्गा फिर्ता गरेरै छाड्ने बताएकी छन् । हालै गठन भएको फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिलाई विहिबार पोखरामा आगामी तीन महिना भित्र फेवातालको सिमाङकन गर्न निर्देशन दिदै फेवातालको अतिक्रमण भएको जग्गा राज्यले फिर्ता गरेरै छाड्ने बताएकी हुन् ।

उनले भनिन“ तोकिएको समय सिमा भित्र नतिजा आउने गरी, पुनः समिति गठन गर्न नपर्ने गरी, पुरानो दष्तावेज सहित बैज्ञानिक ढंगबाट फेवातालको सिमाङकन गर्नु पर्छ समिति यस तर्फ केन्द्रित हुनु होला । ” समितिको पहिलो बैठकमा सहभागि हुन पोखरा आएकी मन्त्री अर्यालले समिति र पत्रकारसंगको छलफल कार्यक्रममा वोल्दै यस अघि गठन भएका समितिको प्रतिवेदनलाई समेत आधार बनायर चुस्त दुरुष्त ढंगबाट फेवातालको सिमाङकन समय सिमा भित्र सक्न निर्देशन समेत दिइन्।

विश्वप्रकाश लामिछाने, पोखरा महानगरपालिका लगायतकाको प्रतिवेदनको आधारमा सर्वोच्च अदालतको फौसला कान्वयन गर्नुपर्ने अबस्था आएकोले यसमा सवैलाई साथ र सहयोग गर्न मन्त्री अर्यालले आग्रह गरिन्। उनले भनिन्“ पोखराको फेवाताल राज्यको एउटा गौरवको योजना हो, फेवातालको संरक्षणको बिषयमा राज्यलाई खर्चको कुनै अभाव हुदैन, जसरी भए पनि त्यसको बजेट व्यबस्था गछौं ।” फेवातालको जग्गा व्यक्तिगत रुपमा दर्ता गरिएको दुषित जग्गा सरकारले फिर्ता गरेरै छाड्ने उनले दाबी गरिन्। यस समितिले अन्तिम रुप दिने गरी काम गर्न मन्त्री अर्यालले आग्रह गरिन्।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको फेवाताल समाजका लव्ध—प्रतिष्ठित व्यक्तिहरुबाटै समेत अतिक्रमण भएको दाबी गरे । पोखरा महानगरले करिब ७ महिना लागेर अध्ययन गरेको आधारमा फेवातालको बारेमा गहिरो अध्ययन गरेकोले यस समितिले त्यसलाई थप परिस्कृत गर्दै अघि बढ्न मेयर जिसीले आग्रह गरे । सर्वोच्च अदालतले दिएको निर्देशन कसरी कान्वयन गर्न सकिन्छ भनेर महानगरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ र प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त प्रतिवेदन समेत बुझाएको उनले जनाए । फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिका संयोजक पुण्य प्रसाद पौडेलले आगामी तीन महिना भित्र फेवातालको सिमाङकन गर्ने जनाए ।

विभिन्न समयमा फेवातालको सिमाङकन गर्ने बिषयमा गठन भएका १० वटा प्रतिवेदन अनुसार वास्तविक रुपमा सिमांङकन गर्ने उनले जनाए । ढिलो गरी एक महिना लम्बाएर भए पनि निष्कर्ष दिने गरी आफुहरुले सिमाङकनको बिषयलाई टुंगाउने संयोजक पौडेलले दाबी गरे ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *