ताजा खबर

पुम्दीकोटमा ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति जडान, परियोजनालाई सफल पार्न बजेट आवश्यक अध्यक्ष बराल, उक्त परियोजनालाई सफल पार्न आवश्यक पहल गर्छु सांसद बराल

डि.एन.बी.

पोखरा २७, कार्तिक

पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति हालै स्थापना भएसंगै पोखराको पर्यटकीय नयाँ गन्तव्यको रुपमा पुम्दीकोटले नयाँ पहिचान पाएको छ । पुम्दीकोटमा ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति स्थापना भएसंगै पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा पुम्दीकोटले नयाँ र पर्यटकहरुको लागि नयाँ गन्तव्य स्थापन भएको बिशाल महादेव मुर्ती निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

भारतको मथुरामा बनाइएको करिब ६ टन तौल बराबरको मुर्तिको विभिन्न भाग हालै जडान गरिएको अध्यक्ष बरालले जनाए । सिंहआसनमा बसेको ५१ फिट अग्लो बिशाल महादेवको मुर्ति जडान गरेसंगै हाल दैनिक पर्यटकहरु आगमनमा बृद्धि हुन थालेको उनले बताए । करिब एक महिना अघि भारतबाट आएको मुर्तिको विभिन्न भागलाई भारतीय कालिगढहरुले लिफ्ट र क्रेनको सहायताले हालै मुर्ति जडान गरेसंगै थप रंग रोगन एवं फिनिसिङमा करिब एक महिना समय लाग्ने अध्यक्ष बरालले बताए । उनले भने “ हाल बिशाल महादेवको मुर्तिको भाग मात्र जडान भएको छ, अब यसमा त्रिशुल, डम्बरु सहितका भाग जडान सहित फिनिसिङ गर्दा करिब एक महिनाको समय लाग्न सक्छ । ”

४० करोडको उक्त योजनामा हालसम्म करिब १३ करोड रुपैया खर्च हुदा मुर्ति जडान भएको अध्यक्ष बरालले जनाए । ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क, मनोरेल लगायतका भौतिक संरचना निर्माण हुने भएको समितिको योजना रहेको छ । हालसम्म करिब ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको उनले जनाए । बिशाल महादेवको मुर्ति स्थापना भएसंगै उक्त क्षेत्रमा एक दिन पर्यटकहरुको बसाई लम्वाउने गरी ताण्डव नृत्य समेत प्रर्दशन गर्ने तयारी गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष समेत रहेका चन्द्रकान्त बरालले जनाए ।

गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) ले उक्त परियोजनालाई सफल पार्न आफनो क्षेत्रबाट हालसम्म सहयोग गर्दै आएको उल्लेख गर्दै बाँकी अधुरा काम पुरा गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए । पुम्दीकोटको मौलो भएको बिशाल महादेवको मुर्ति सहितको बृहत योजना सम्पन्न भएसंगै पुम्दी भुम्दीवासिको लागि धेरै सम्भावनाको ढोका खुल्ला हुने उनले दाबी गरे । पुम्दीकोट धार्मिक एवं पर्यटकीय दृश्टिले महत्वपूर्ण स्थल रहेकोले त्यसबाट धेरै ले लाभ लिन सक्ने सांसद बरालले जनाए । उनको सक्रियतामा २०६७ सालमा पुम्दीकोटमा शान्ति मन्त्रालयबाट ६० लाखको लागतमा भ्यूटावर निर्माण गरिएको थियो । झाडी रहेको उक्त स्थानमा भ्यूटावर स्थापना भएसंगै पुम्दीकोटमा बिशाल महादेवको मुर्तिको अवधारण आएको सांसद बरालले जनाए । जुन अवधारणालाई दिन रात नभनी अहोरात्र खटेका उद्योगपती एवं समाजसेवी समितिका अध्यक्ष बराल हाल आफुहरुको सपना लगभग पुरा हुन लागेको जनाए । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले आफ्नो क्षेत्रको उक्त परियोजनालाई सफल पार्न आफुहरुले सक्दो सहयोग गर्ने जनाए । उक्त परियोजना निर्माण भएसंगै स्थानियको आयआर्जनमा समेत बृद्धि हुने उनले विश्वास लिए । शिवको लिला चर्चा गर्ने उद्धेश्यले बेलुका पुम्दीकोट पुगेका पर्यटकलाई एक रात पुम्दीकोटमै बसाल्ने उद्धेश्यले पारी जंगलमा लाइटिङ सिस्टमबाट सुमेरु पर्वत कुमार र पार्वतीको किम्व दन्तीमा जोडिएको शिव लिला र दाण्डव नृत्य प्रर्दशन गर्ने उनले जनाए । पोखराको मुख्यबजार क्षेत्रमा आएका केही प्रतिशत मात्र पर्यटकलाई पुम्दीकोटमा एक रात मात्र बस्ने वातावरण सृजना गर्न सके पुम्दी पुम्दीको समेत आर्थिक विकास र समृद्धि हुन सक्ने अध्यक्ष बरालले दाबी गरे । पन्च बर्षीय योजना अन्र्तगत हाल तीन बर्ष पुरा हुदा यो गतिमा काम भए पनि बाँकी दुई बर्षमा पुनः निजी क्षेत्र र तीन वटै सरकारको पुनः सहयोग र साथ पाएको खण्डमा अधुरा काम पुरा गर्ने उनले दाबी गरे ।

उनले भने “ कोरोनाको कारणले गर्दा यस परियोजनाको निर्माणमा कुनै असर परेन, एक दीन पनि काम रोकिएन् तर विभिन्न सरकारी निकायबाट बजेट ल्याउने बिषयमा भने ठुलो असर पार्यो, हामी सरकारी निकायमा यस सयमा जान सकेनौं । ” प्रशासन र स्थानियसंगको सहकार्यमा केही समय पछि उक्त परियोजनामा आगन्तुक पाहुनालाई टिकटिङ सिस्टम बाट प्रबेश गराउने लक्ष्य राखिएको उनले जनाए । उक्त क्षेत्रबाट स्याङजा, पोखराको धेरै भाग, हिमश्रृखला पुष्टसंग देखिने, फेवाताल, रानिवन, शान्ति स्तुपाः, सराङकोट, काँहुडाँडा लगायतका दृश्यहरु देखिने भएकोले गर्दा पनि पर्यटकहरुको आकर्षणको केन्द्र हुने भएको अध्यक्ष बरालले दाबी गरे । बिशाल महादेवको मुर्ति स्थापनासंगै समितिले पहिलो चरणको काम अन्र्तगत मुर्ति जडान सहितको एक सय आठ स्वर्गद्धारी सिडि, ढुंगा विच्छाउने, रंगरोगन, फिनिसिङ लगायतको काम गर्न थप २ करोड रकम व्याबस्थापन गर्नु पर्ने चुनौती आएको समितिका अध्यक्ष बरालले बताए । समितिले केही बर्ष आयोजना गरेको महायज्ञबाट हाल एक करोड ४७ लाख रुपैया अझै संकलन हुन नसकेकोले उक्त रकम अहिलेको अबस्थामा उपलब्ध गराउन समितिले आग्रह गरेको छ ।

Related posts