ताजा खबर

पोखरामा मार्सल आर्टसको बहुउद्धेश्य कवर्ड हल र टेनिस कोर्ट बनाउन सदस्य सचिव शिलवालको चासो

डि.एन.बी.
पोखरा २६, कार्तिक

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार शिलवालले पोखरा रंगशालामा केही भौतिक पूर्वाधार निर्माणमा बिषेश चासो दिएका छन्। बुधबार पोखरा रंगशालाको टेनिस कोर्ट सहितको केही भौतिक संरचना अवलोकन गर्दै सदस्य सचिवले नवौं राष्ट्रिय खेलकूदको लागि पोखरामा थप केही पूर्वाधार निर्माण गर्न चासो दिएको परिषदका सदस्य राजेश कुमार गुरुङले बताए ।

नवौं राष्ट्रिय खेलकुदको लागि प्यारापिट सहितको थप दुई वटा टेनिस कोर्ट निर्माण गर्नु पर्ने सदस्य सचिव शिलवाल समक्ष माग गरिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । आफुहरुले रंगशाला भित्रै बस्न मिल्ने १०÷१५ वटा गेष्ट हाउस समेत निर्माणको लागि प्रस्ताव गरिएको लामाले जनाए । सदस्य सचिव आफुहरुले पेश गरेको बिषयमा निकै सकरात्मक भएकोले गर्दा आफुहरु निकै आशावादी भएको अध्यक्ष लामाले जनाए । हालै निर्माण गरिएको टेनिसको प्यारापिट केही चर्केको भए पनि विल्डिङ नचर्की प्लाष्टरको भाग मात्र चर्कीएको हुन सक्ने बुधबार अवलोकन गरेको टोलीले निष्कर्ष निकालेको छ ।त्यसै गरी सदस्य सचिव शिलवालले बुधबार कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारीसंग समेत केही समय छलफलमा जुट्दै मार्सल आर्टसको बहुउद्धेश्य कवर्ड हल निर्माणमा सहयोग गर्ने बताए । पोखरा रंगशालामा ८ सय जना क्षमताको मार्सल आर्टसको बहुउद्धेश्य कवर्ड हल बनाउने योजनाको पहिला डिपिआर बनाउन सदस्य सचिवले सुझाव दिएका थिए ।


पोखरा रंगशालाको पूर्व पट्टिको सेमिकवर्ड हल भन्दा दक्षिण तर्फको क्षेत्रमा उक्त कवर्ड हल बनाउने आफुहरुको योजना रहेको कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले बताए । उनले भने “पोखरा रंगशालामा धेरै खेलहरुको मेल मैदान भए पनि मार्सल आर्टको लागि बहुउद्धेश्य कवर्ड हल नभएकोले गर्दा बक्सिङ, जुडो, कराँते, तेक्वान्दो लगायतका मार्सल आर्ट गेम्सहरु खेल्नको लागि हामीले उक्त कवर्ड हल बनाउने योजनामा रहेका छौं । ” हाल आफुहरु डिजाइनको चरणमा रहेकोले राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार शिलवाल सहितको टोलीसंग बुधबार परामर्श समेत लिएको उनले जनाए ।


उक्त योजनालाई सदस्य सचिव शिलवालले सफल पार्न आफ्नो क्षेत्रबाट समेत सहयोग गर्ने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका प्राविधिक ई.प्रनिस ताम्राकार सहितको टोलीलाई प्राविधिक रुपमा उक्त योजनाको बारेमा हेर्न निर्देशन समेत दिएको अध्यक्ष गुरुङले बताए । नेपाल ओलम्पीक कमितिका उपाध्यक्ष तेज बहादुर गुरुङ, राखेप सदस्य राजेशकुमार गुरुङ, अर्को सदस्य पुरेन्द्र बिक्रम लाखे लगायतको सहभागिता रहेको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *