ताजा खबर

मर्दी हिमाल तथा माछापुच्छ«े मोडल ट्रेकमा जाने पर्यटकको सङख्या ह्वात्तै घट्यो

डि.एन.बी.

पोखरा २६, कार्तिक

कास्कीको माछापुच्छ«े गाउँपालिका अन्र्तगत पर्ने मर्दी हिमाल र माछापुच्छ«े मोडल ट्रेकमा जाने पर्यटकको सङख्या यति वेला ह्वात्तै घटेको छ । यही कार्तिक २२ गते देखि अनिवार्य रुपमा पिसिआर नेगेटिभ रिपोर्ट विना कुनै पनि पर्यटकहरुलाई मर्दी हिमाल र माछापुच्छ«े मोडल ट्रेकमा जान प्रतिवन्ध गरेसंगै पर्यटक आगमनको सङख्या ह्वातै घट्न गएको पर्यटन व्यवसायीहरुले बताएका छन्।

पोखरा सहितका धेरै क्षेत्रमा कोरोना शंक्रमण दर बढेसंगै गाँउ घरमा जोखिम न्यूनिकरण गर्न आफुहरुले चालेको उक्त कदमसंगै यति वेला पर्यटक आगमनमा सोचे भन्दा धेरै घट्न गएको माछापुच्छ«े मर्दी हिमाल मोडेल ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । केही पर्यटकहरु सामुहिक रुपमा गए पनि एक जनाको मात्र पिसिआर रिपोर्ट पेश गर्दै आफुहरु एकै ठाँउमा बस्ने गरेकोले एक जनाबाटै त्यसको नतिजा आउने कुरा उल्लेख गर्ने गरेको अध्यक्ष गुरुङले गुनासो गरे । उनले भने “ दशैं तथा तिहार पर्वको अवसरमा माछापुच्छ«े र मर्दी हिमाल मोडेल ट्रेकमा जाने पर्यटक दैनिक जसो करिब एक सय भन्दा बढी हुने गरेकोमा हिजोआज घटेर १० देखि १५ जनासम्म जाने गरेका छन्। ”

पिसिआर रिपोर्ट विना केही पर्यटक रातिको समयमा जाने, केहीलाई सम्झाई बुझाई फीर्ता पनि पठाएको अध्यक्ष गुरुङले जनाए । मंगलबार २२ जना पर्यटकहरु उक्त क्षेत्रमा गए पनि आज(बुधबार) भने ८ जना मात्र घुमघाममा निस्केको उनले जनाए । कोरोनाको शंक्रमण दर बढेका वेला थोरै तर गुणस्तरका पर्यटकहरुले स्वास्थ्य मापदण्डका कुरालाई पालना गर्दै आगमन हुदा आफुहरुले गाँउमा स्वागत गर्ने गरेको अध्यक्ष गुरुङले जनाए ।

कास्कीको माछापुच्छ«े गाउँपालिका अन्र्तगत वडा नम्बर ७, ८, ९ र धम्पुस, अष्ट्रेलियन क्याम्प तथा मर्दी हिमाल एवं माछापुच्छ«े मोडल ट्रेकका होटल व्यवसायीहरुको हालै बसेको एक बैठकले गाँउ प्रबेशमा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको थियो । नेपालीहरुको अर्को महान चार्ड तिहार पर्वको अवसरमा धेरै पर्यटकहरु मर्दी हिमाल र माछापुच्छ«े मोडल ट्रेकमा आउन सक्ने भएकोले गर्दा त्यसलाई नियन्त्रण गर्दै गाँउमा कोरोनाको शंक्रमण दरलाई नियन्त्रण गर्न पिसिआर रिपोर्ट अनिवार्य गएिको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गा क्षेत्रीले बताए । हाल सिमित मात्रमा पर्यटकहरु उक्त क्षेत्रमा जादा पनि केही समस्या भएको उनले जनाए । केही होटलहरुले आवश्यक स्वास्थ्य मापदण्डका कुरा पालना नगर्दा कोरोना शंक्रमण बढ्न सक्ने अर्को खतरा रहेको गुनासो गरे ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *