ताजा खबर

कास्कीमा भिडभाड हुने गरी देउँसी भैलो खेले कारवाही गर्र्नेे प्रशासनको चेतावनी

डि.एन.बी.
पोखरा २४, कार्तिक

कोरोना भाइरस (कोभिड—१९) को कारण यस बर्षको तिहार पर्वको अवसरमा भिडभाड हुने गरी देउँसी भैलो खेले कारवाही गर्ने कास्की प्रशासनले चेतावनी दिएको छ । कोरोनाको कहरका वेला देउँसी भैलो जस्ता कार्यक्रमहरुको आयोजना नगर्न नगराउन एवं भिडभाड गतिविधि नगर्न आफुहरुले आग्रह गरिएकोमा यदि कसैले जथभावी रुपमा भिडभाड हुने गरी देउँसी भैलो खेलको भेटिएमा कारवाही गर्ने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले चेतावनी दिएका छन्।

यदि प्रशासनको निर्देशनलाई कसैले अवेज्ञा गरे शंक्रमण रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारवाही हुने भएको प्रजिअ ढकालले बताए । अहिलेको अबस्थामा कुनै मेला महोत्सव तथा व्यपारी मल तथा केन्द्रहरुमा धेरै भिडभाड हुने गरी कुनै कार्यक्रम नगर्न समेत प्रशासनले कास्की बासिमा आग्रह गरेको उनले जनाए । सोमबार प्रेस विज्ञेप्ति जारी गर्दै कास्की प्रशासनले कोरोना शंक्रमणबाट बच्न बचाउन कुनै पनि चाडपर्वको अवसरमा भिडभाड नगर्न नगराउन र तिहार पर्वको अवसरमा देउँसी भैलो नखेल्न आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड—१९ शंक्रमणको जोखिम कास्की जिल्लामा समेत दिन प्रतिदिन बढ्दै गएको सन्दर्भमा नजिकिदै गरेको तिहार, छठ जस्ता नेपालीहरुका महान चाड पर्वको समयमा हुने अधिक आवागमन तथा भिडभाडजन्य गतिविधि नगर्न कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल जारी गरेको विज्ञेप्तीमा उल्लेख छ । चाडपर्वहरु मनाउदा आफू रहेको स्थानमा आफ्ना घर परिवारका सदस्यहरुसंग मात्र सिमित रही मनाउन, आतसवाजी, पटका, झिलझिले, भूइचम्पा लगायतका बिस्फोटक पदार्थ ओसारपसार, बिक्रि वितरण एवं प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।

नेपाल सरकारले तोकेको सामाजिक भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, नियमित सावुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने जस्ता कुरामा पूर्ण रुपमा पालना गर्न समेत कास्की प्रशासनले पटक पटक कास्की बासिमा आग्रह गर्दै आएको छ । कास्कीमा ३ हजार ४ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने हालसम्म भने ८ सय ५ जनामा निको भएको छ । कास्कीमा सक्रिय केस २ हजार ५ सय ९१ रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार कास्कीमा कोरोनाले हालसम्म ४५ जनाको ज्यान गएको छ ।\


गण्डकी प्रदेशमा हालसम्म ९५ हजार ६ सय ८७ वटा नमुना संकलन भएकोमा ९ हजार १ सय ५८ जनामा कोरोना पुष्टि भएको जसमध्य ८६ हजार ५ सय २९ जनालाई शंक्रमण नदेखिएको निर्देशनालयले जारी गरेको सुचनामा उल्लेख गरेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म १ सय ७ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय ६६ जनाले कोरोनालाई जितेका छन्। यस बर्षको दशैं पर्व प्रायः कम उत्साह उमङग भएकोमा तिहार पर्व पनि प्रायः उस्तै हुने अनुमान गरिएको छ ।

Related posts