ताजा खबर

केसीको निधनले पोखराको खेल जगत र समाजमा अपुरणीय क्षति

समाचारकक्ष

पोखरा २३, कार्तिक

सहारा क्लब पोखराका मानार्थ सदस्य, प्रतिनिधि सभाका सांसद, आहा रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि.का कार्यकारी अध्यक्ष, प्रतिष्ठित उद्योगपति, समाजसेवी, शिक्षाप्रेमी, खेलप्रेमी, सामाजिक व्यत्तित्व सुर्य बहादुर के. सी.को निधनले पोखराको खेल जगत र समाजमा अपुरणीय क्षति पुगेको सहारा क्लवले जनाएको छ । क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले केसीको यही कार्तिक १७ गते ६३ वर्षको उमेरमा हुन गएको असामयिक निधनले सहारा क्लब पोखरा परिवार निकै मर्माहित भएको र उक्त घटना प्रति गहिरो दुख्ख समेत व्यक्त गर्दै उनको निधनले पोखराको खेल जगत र समाजमा अपुरणीय क्षति पुग्न गएको क्लवले जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

सहारा क्लब पोखराले थालनी गरेको पोखराको फुटबल खेल विकासमा २०५७ सालमा कास्की जिल्ला स्तरिय नक आउट लिग फुटबल प्रतियोगिता सहारा कपमा प्रायोजक गरि सुरु भएको सहयात्रा २०५८ सालको क्याराभान गोल्डकपमा उपप्रायोजक भै प्रतियोगितामा योगदान पु¥याई सफल भए सगै २०५९ सालमा हिमश्री फुड्स प्रा.लि .को उत्पादन आहा तयारि चाउचाउको नाम बाट मुख्य प्रायोजकको भूमिकामा रहेर दस बर्से सम्झौता भएको थियो । पोखराली फुटबलमा अलगै पहिचान बनाउन सफल आहा गोल्डकपलाइ पुन २०६९ सालमा आहा रारा गोल्डकपको नामबाट फेरी पनि हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको नामबाट अर्को १० बर्ष मुख्य प्रायोजकको भूमिकामा रही सहारा क्लब पोखरासँँग सदैब हातेमालो गर्दै खेलकुद लगाएत अन्य सामाजिक कार्यमा सहकार्य गर्दै आज सम्म उहाँले पुर्याउनु भएको योगदानलाई सहारा क्लब पोखरा परिवार उच्च मुल्यांकन गरिएको महासचिव रामजी प्रसाद अधिकारीले जनाए ।

बैंकिंग क्षेत्र, हाइड्रोपावर, कन्स्ट्रक्सन लगाएत हिमश्री फुड्स प्रा.लि. लगाएतका विभिन्न उघोगमा सफलता प्राप्त उहाँ एक सफल उद्योगपति, राजनैतिक नेतृत्वमा रही समाजमा सदैव सकारात्मक सोचका साथ विकासमा सदैब समाजको पथप्रदर्शक भई टेवा पुर्याउनुको साथै शिक्षा, सस्कृतिको क्षेत्रमा उनले सदैब सहभागिता रही उत्थान र विकासमा अमुल्य योगदान पुर्याउनु भएको विज्ञेप्तीमा उल्लेख छ । के.सी.द्धारा समाजमा पुर्याउनु भएको अमुल्य योगदानलाई उच्च मुल्यांकन गर्दै उनले शुरु गरेका सम्पूर्ण सकरात्मक कार्यहरुलाई सदैब जिबन्त राख्दै उनकोे सोच र विकासका कर्मलाई आगाडी बढाउनु नैे उनको साँचो श्रद्धञ्जली हुनेछ्र समेत क्लवले जनाएको छ ।

क्लवले यस दुःखद् घडीमा उनकी धर्मपत्नी प्रेमकुमारी के.सी. छोराहरु प्रकाश के.सी. किरण के. सी. रोशन के. सी. लगाएत सम्पूर्ण के.सी.परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसै गरी आउँदा दिनहरुमा समाजसेवी सुर्य बहादुर के. सी. को सोच र बिचारलाई सदैब देश र समाजमा जिवन्त राख्न सम्पूर्ण परिवारलाई धैर्य र साहस प्राप्त होस भनि भगवान संग प्रार्थाना गर्दै मृतआत्माको वैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली समेत क्लवले व्यक्त गरेको छ ।

Related posts