ताजा खबर

कोरोनाले गर्दा यस बर्ष पोखरामा फुलको कारोवार घट्ने

डि.एन.बी.

पोखरा २३, कार्तिक

हरेक बर्ष जसो तिहार पर्वको अवसरमा पोखरामा दुई देखि साँढे दुई करोड रुपैया बराबरसम्मको फुलको कारोवार हुदै आए पनि यस बर्ष भने कोरोनाले गर्दा फुलको कारोवार ह्वात्तै घट्ने भएको छ । यस बर्ष व्यवसायीक फुल खेति करिब ५० प्रतिशत कम भएको र भारतबाट फुल नआउने तथा स्थानिय फुल पहिलेनै फुलेकोले गर्दा यस बर्षको तिहार पर्वको अवसरमा फुलको कारोवार ह्वात्तै घट्ने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष सितामाया रानाले बताइन्।

स्थानिय जातको फुल प्रायः तिहार अघि नै फुलेकोले गर्दा र कोरोना शंक्रमण दर पोखरामा दिन दिनै बढ्दै गएकोले यसपाली व्यवसायीक फुल कम उत्पादन भएकोले गर्दा बजारमा यस पाली फुलको निकै कम कारोवार हुने आफुहरुले पूर्व अनुमान गरिएको उनले जनाइन्। उनले भनिन“ यस पालीको दशैं पर्व पनि खासै हर्स र उल्साहास देखिएन, सायद तिहार पर्व पनि प्रायः धेरै चहल पहल नहोला, यदि तिहारमा फुलको माग बढेमा मुल्य बढ्न सक्छ अन्यथा गत बर्षकै तुलनामा फुल बजारमा उपलब्ध होला ।” श्री भद्रकाली नर्सरीका संचालक समेत रहेकी अध्यक्ष रानाले यस बर्ष हाइब्रिड जातको फुल समेत कम उत्पादन भएकोले प्रति माला ३ सय सम्म पर्न सक्ने जनाइन् ।

यस बर्षको तिहार पर्वको अवसरमा सम्भवत भारतबाट तिहार फुल नआउने भएको अध्यक्ष रानाले दाबी गरिन् । हरेक बर्ष जसो तिहारको लागि भारतबाट करिब २० देखि ५० प्रतिशतसम्म फुल पोखरामा भित्रिने गरे पनि यस बर्र्ष कोरोनाको कारणले गर्दा भारतबाट तिहार लक्षित गरी फुल नआउने भएको अध्यक्ष रानाले बताइन्। पोखरा क्षेत्रमा रहेका करिब ३३ वटा पुष्प व्यवसयीहरुले यस बर्ष अधिकांशले गत बर्षको भन्दा ५० प्रतिशत भन्दा कम फुल उत्पादन गरेको अध्यक्ष रानाले दाबी गरीन्। यस बर्ष आफुले करिब ४० हजारको फुलका वेर्ना बिक्रि गरेको उनले जनाइन्।

एक करोड बराबरको पोखराका नर्सरी व्यवसायी र एक करोड मुल्य बराबरको व्यवसायीक कृषक तथा केही साना किसानबाट फुलको कारोवार हुने गरेकोमा यस बर्ष स्थानिय जातको अधिकांश फुल तिहार अघि फुलेको छ, यस बर्ष कोरोनाले गर्दा व्यवसायीक रुपमा फुल खेति कम भएको फान कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्ववाले बताए । गोल्डेन नर्सरीका संचालक समेत रहेका निवर्तमान अध्यक्ष द्धावाले यस बर्ष करिब २० हजार फुलका वेर्ना बिक्रि गरे । उनले गत बर्ष करिब ६० हजार फुलका बेर्ना बिक्रि गरेका थिए । केही समय अघि देखि भारतबाट कट फुलहरु समेत नआएकोले गर्दा तिहार पर्वको अवसरमा पनि तिहार फुल नआउने द्धावाले बताए । फुलै फुलको पर्व समेत भनेर चिनिने गरेको तिहार पर्वमा अवसरमा पोखरा क्षेत्रमा यस बर्ष फुलको कस्तो कारोवार होला तत्काल पूर्व अनुमान समेत गर्न कठिन भएको उनले जनाए ।

पोखरामा तिहारको समयमा धेरै फुल लगायर लाखौं आम्दानी गर्ने मध्यका एक हुन मनकामना नर्सरीका संचालक दील बहादु गुरुङ । उनले यस बर्ष कोरोनाले गर्दा व्यपार कस्तो होला भनेर पूर्व अनुमान गर्न सक्दा यस बर्ष २ जहार विरुवाको मात्र व्यवसायीक फुल खेति गरेको जनाए । उनले यस बर्ष करिब ३० हजार फुलका बेर्ना बिक्रि गरे भने गत बर्ष करिब दोब्बर फुलका बेर्ना बिक्रि गरेका थिए । कोरोनाले गर्दा यस बर्ष होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले पनि निकै कम मात्रमा फुल किन्न आएको उनले बताए । बजारमा तिहारका लागि भाइटिका मसला देखि तिहार पर्व लक्षित गरी विभिन्न सर सामानहरु बिक्रिका लागि राखिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *