ताजा खबर

पोखरामा हिट एण्ड रनमा परेका चितवनका एक युवाको ज्यान गयो

डि.एन.बी.
पोखरा २३, कार्तिक

पोखरामा हिट एण्ड रनमा परेका चितवनका एक युवाको ज्यान गएको छ । चितवन १३ का ३४ बर्षीय विश्वास देवकोटाको हिट एण्ड रन (गाडीको ठक्कर) मा परी आज (आइतबार) साँझ मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

पोखराको चाउथेमा साँझ करिब ६ः१० मा देवकोटा सवार भएको ना ४१ प ५४१७ नम्बरको मोटरसाइकल सहित ठक्कर दिएर गाडी भाग्दा हालसम्म कुन गाडीले ठक्कर दिएको त्यसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीको खोजि कार्य जारी रहेको छ । हिड एण्ड रनमा परी सडकमा पल्टीन पुगेका देवकोटाको उद्धारको लागि स्थानियले खबर गरी प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगे पनि अस्पताल पुराएको करिब १५ मिनेटमै उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । उनको शव हाल पोष्टमाटमको लागि प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *