ताजा खबर

आन्तरिक पर्यटकले प्याराग्लाईडिङमा ३ हजारमै उडान गर्न पाए पछि प्याराग्लाईडिङ गर्र्र्नेको भिड

डि.एन.बी.

पोखरा २१, कार्तिक

करिब ७ हजारको प्याकेज प्याराग्लाईडिङ उडान हाल कोरोनाले गर्दा ३ हजारमै गर्न पाए पछि यति वेला पोखरामा प्याराग्लाईडिङ गर्नेको भिड लागेको छ । ७ हजारको प्याकेज हाल ६० प्रतिशत जसो छुटमा उपलब्ध भएसंगै हाल प्याराग्लाईडिङ गर्नेहरुको भिड बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

कोरोनाको कहरमा पर्यटकहरु निकै कम आगमन हुने भएकोले पोखरा र पोखरा आसपासका आन्तरिक पर्यटकहरुलाई कम्तिमा एक पटक प्याराग्लाईडिङ गराएर आनन्द दिलाउन पनि आफुहरुले बिषेश छुटमा प्याराग्लाईडिङ प्याकेज उपलब्ध गराउदा हालसम्मकै प्याराग्लाईडिङ बुकिङ भएको उनले दाबी गरे । दैनिक ५ सय जनाले प्याराग्लाईडिङ गर्ने गरेको अध्यक्ष भण्डारीले बताए । विहान १०ः०० बजे देखि दिउँसो ३ः३० बजेसम्मको लागि पोखराको आकासमा प्याराग्लाईडिङ उडान गर्न आफुहरुले मान्यता दिने गरेको उनले जनाए ।

करिब ६ महिना कोरोनाले गर्दा ठप्प भएको प्याराग्लाइडिङ व्यवसाय बिषेश छुट ७ हजारको प्याकेज ३ हजारमै उपलब्ध भए पछि यति वेला प्याराग्लाईडिङ कम्पनीमा आन्तरिक पर्यटकको भिडभाड ह्वात्तै बढेको फ्लाईङ प्याराग्लाईडिङ कम्पनीका संचालक एवं प्याराग्लाईडिङ पाइलट हरि गिरीले बताए ।

पोखरामा रहेका ६० वटा प्याराग्लाईडिङ कम्पनी मध्य अधिकांश कम्पनीमा हिजो आज दशैंको अवसरमा केही आन्तरिक पर्यटकहरु भ्रमणमा निकस्केसंगै र पोखरा क्षेत्रका पर्यटकहरुले सहुलियत दरमा प्याराग्लाईडिङ गर्न पाए पछि हाल कम्पनीमा विहानै देखि बेलुकासम्म भिडभाड हुन थालेको छ । यति वेला मौसमले पनि साथ दिएकोले गर्दा माछापुच्छ«े सहितका हिमश्रृखला खुलेसंगै आन्तरिक पर्यटकहरुले प्याराग्लाईडिङ गर्दा निकै रमाउने गरोको टिम फाइप कम्पनीका संचालक तथा पाइलट वालु बसेलले बताए । पोखरा १८ को सराङकोटका तीन ठाँउबाट र तोरीपानीबाट उडान भरी प्याराग्लाईडिङ पाइलटले पोखराको खपौंदी, इन अफ द लेक, वाटरफन्ट रिसोर्ट अगाडीको चौर र चंखपुरमा समेत अवतरण(ल्याङडीङ) गर्ने गरेका छन्। पोखरामा हाल ३ सय ३८ जना पाइलट भए पनि २ सय ५० जनाले टेण्डम फ्लाइट गर्ने गरेको अध्यक्ष भण्डारीले जनाए ।

प्याराग्लाईडिङले गर्दा हाल पोखरामा पर्यटकीय गतिविधि थोरै भए पछि चलायमान भएको उनले दाबी गरे । असोज १ गते देखि हवाई उडान संचालनको अनुमति दिएसंगै प्याराग्लाइडिङ खेल समेत संचालनमा आएको हो ।

Related posts