
डि.एन.बी.
पोखरा २१ , कार्तिक
पछिल्लो समयमा बढी चर्चामा रहेको पद मार्ग मर्दी हिमाल र माछापुच्छ«े मोडल
ट्रेक हुन्। दशैंको अवसरमा उक्त रुटमा दैनिक जसो ३ सय बढी पर्यटकहरु गएसंगै
हाल तिहार पर्वको अवसरमा पनि धेरै पर्यटकहरु उक्त रुटमा जाने सम्भावनाले गर्दा
हाल उक्त क्षेत्रमा जादा अनिवार्य रुपमा पिसिआर रिपोर्ट पेश गर्नु पर्ने भएको छ
।

कार्तिक २२ गते देखि अनिवार्य रुपमा पिसिआर नेगेटिभ रिपोर्ट विना कुनै पनि
पर्यटकहरुलाई उक्त क्षेत्रमा जान नदिने भएको माछापुच्छ«े मर्दी हिमाल मोडेल
ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । कास्कीको
माछापुच्छ«े गाउँपालिका अन्र्तगत वडा नम्बर ७, ८, ९ र धम्पुस, अष्ट्रेलियन क्याम्प
तथा मर्दी हिमाल एवं माछापुच्छ«े मोडल ट्रेकका होटल व्यवसायीहरुको हालै
बसेको एक बैठकले उक्त निर्णय गरेको उनले जनाए । कोरोनाको शंक्रमण दर
पोखरामा बढेकोले पोखराबाटै धेरै पर्यटकहरु मर्दी हिमाल र माछापुच्छ«े
मोडल ट्रेकमा आउने गरेकोले गर्दा आफुहरुले आफ्नो क्षेत्रमा कोरोना
शंक्रमण नियन्त्रण गर्न गाँउ प्रबेशमा पिसिआर रिपोर्ट अनिवार्य गरिएको अध्यक्ष
गुरुङले बताए । हाल मर्दी हिमालबाट फर्किदै गरेका पर्यटकहरु फर्किएसंगै अब
उक्त रुटमा जाने पर्यटकहरुले भने अनिवार्य रुपमा पिसिआर नेगेटिभ रिपोर्ट
देखायर मात्र जानपाउने भएका हुन्।\
नेपालीहरुको महान चार्ड दशैं पर्वको अवसरमा दैनिक जसो २÷३ सय पर्यटकहरु
मर्दी हिमाल र माछापुच्छ«े मोडल ट्रेकमा जाने आउने गरेकोले कोरोना
शंक्रमण गाँउ ठाँउमा समेत बढ्न सक्ने भएकोले त्यसलाई नियन्त्रण गर्न पनि
यस्तो निर्णय गरिएको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष
दुर्गा क्षेत्रीले बताए । प्रायःअधिकांशले सार्बजनिक सवारी साधनहरु समेत प्रयोग
गर्ने, हुलका हुल मानिसहरुको भिड विभिन्न क्याम्प तथा होटल रेष्टुरेण्टमा गाँउ
गाँउको बाटो हुदै जानु पर्ने भएकोले गर्दा गाँउमा कोरोना शंक्रमण
नियन्त्रण गर्ने उद्धेश्यले धम्पुस र अष्ट्रेलियम क्याम्प एवं होटलहरुमा पर्यटकले अब
पिसिआर रिपोर्ट देखाउनु पर्ने भएको उनले जनाए । यदि कुनै अर्को बाटो
हुदै उक्त क्षेत्रमा विना पिसिआर रिपोर्ट आएका पर्यटकहरुलाई जताबाट आएको
उतै तर्फ फर्काउने भएको अध्यक्ष क्षेत्रीले जनाए । केही होटलहरुले आवश्यक
स्वास्थ्य मापदण्डका कुरा पालना नगर्दा कोरोना शंक्रमण बढ्न सक्ने अर्को खतरा
रहेको उनले जनाए ।
उनले भने “ हामीले केही दिन अघि मर्दी हिमाल र माछापुच्छ«े मोडल ट्रेकमा
अत्याधिक पर्यटकहरु भए पछि कोरोना शंक्रमण नियन्त्रण गर्न के कस्ता मापदण्ड
पालना भएको छ भनी ३ जना स्वास्थ्यकर्मीको टोलीले अनुगमन गर्दा मास्क
नलगाउने, पन्जाको प्रयोग कम, धेरै व्यक्तिहरु एकै ठाँउमा राख्ने,
सेनिटाइजरको कम प्रयोग गर्ने गरेको भेटिएको थियो । ” उक्त क्षेत्रमा पर्ने
करिब ४५ वटा जसो सानो तथा ठुला होटलहरु रहेको उनले जनाए ।