ताजा खबर

गण्डकी प्रदेशका सार्वजनिक बाटो अध्यावधिक गर्ने तयारी


डि.एन.बी.

पोखरा 21, कार्तिक

गण्डकी प्रदेशका सार्वजनिक बाटोको अध्यावधिक (नक्साङकन) गर्ने तयारी गरिएको छ । सार्वजनिक बाटो अध्यावधिक नहुदा धेरै समस्या आएकोले गर्दा गण्डकी प्रदेश सरकारको निर्देशन अनुसार प्रदेशको भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत भूमि श्रोत नक्साङकन तथा भूमि व्यबस्था महाशाखाले बाटो अध्यावधिक गर्ने तयारी गरिएको महाशाखा प्रमुख नापि अधिकृत गंगालाल पोखरेलले बताए ।

प्रदेशका धेरै ठाँउमा बाटो अतिक्रमण भएको र बाटोमा जग्गा पर्दा पनि राजश्व तिर्दा बाटो छैन भनि कर छलि भएकोले गर्दा बाटो अत्यावधिक (नक्साङकन) गर्न लागिएको उनले जनाए । उनले भने “जग्गा अतिक्रमणबाट रोक्न, राजश्व संकलन गर्ने लगायतका उद्धेश्यले गण्डकी प्रदेशमा अब सार्वजनिक बाटोको अध्यावधिक (नक्साङकन) गर्न लागिएको हो, यसमा सवैको साथ र सहयोग आवश्यक पर्छ, पालिलकाहरुले माग गरे बमोजिम हामी काम गर्न तयार छौं । ”

धेरै सावर्जनिक बाटोमा कित्ता नापी नक्सा नभएको, सार्वजनिक बाटोलाई अध्यावधिक गर्दा केही आम जनातालाई पनि फाइदा पुग्न सक्ने, केहीको बाटोमा जग्गा परेर अनावश्यक रुपमा राजश्व पनि तिर्दै आउनु परेको अधिकृत पोखरेलले बताए ।

स्याङजा, तनहुँ र कास्कीको अन्नपूर्ण गाँउपालिकाबाट समेत बाटोको अध्यावधिक गर्न माग आएकोले केही समय पछि माग आएको ठाँउमा बाटोको अध्यावधिक गर्ने भएको उनले जनाए । साथै मन्त्रालयले प्रति र सार्वजनिक जग्गाको समेत अभिलेखिकरण गर्ने भएको छ ।

धेरै ठाँउमा प्रति जग्गा र सार्वजनिक जग्गा माथि अतिक्रमण समेत भएकोले गर्दा त्यसलाई नियन्त्रण गर्न पनि प्रदेश सरकारले यस्तो निणर्य गरेकोले मन्त्रालयले यसलाई कान्वन गर्न तर्फ लाग्ने भएको अधिकृत पोखरेलले जनाए ।

Related posts