ताजा खबर

पोखरा स्पोटर्स अवार्ड हुने

पोखरा, २०७२ साउन १८,

नेपाल खेलकुद पत्रकार मञ्च कास्की शाखाको आयोजनामा पोखरा स्पोटर्स अवार्ड हुने भएको छ । कास्की क्षेत्रको समग्र खेलकुदको विकास तथा विस्तारमा लागेका व्यक्तिहरुलाई उक्त अवार्डबाट सम्मान गर्ने गरी मञ्चले कास्कीमा यस बर्ष देखि उक्त अवार्ड गर्न लागेको मञ्चले जनाएको छ ।

मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सचिव दिननाथ बरालले बताए । पोखरा स्पाटर्स अवार्ड आगामी भदौको १८ गते सुक्रबार पोखरामा एक समारोहका बिच हुने भएको सचिव बरालले जनाए । कास्कीमा पहिलो पटक उक्त अवार्ड गर्न लागिएकोले सो अवार्डलाई सफल पार्न सम्पुर्ण संघ संस्थासंग मञ्चले सहयोगको अपेक्षा गरेको छ ।
उक्त अवार्डबाट एक जना प्रशिक्षक र महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई गरी तीन जनालाई अवार्ड वितरण गरीने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले विगतका बर्ष देखि राजधानिमा पल्सर स्पोटर्स अवार्ड गर्दै आएको छ ।

Related posts