ताजा खबर

जिम्बावेसँग न्युजिल्यान्ड स्तब्ध

हरारे, २०७२ श्रावन १८,

जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा न्युजिल्यान्ड ७ विकेटले स्तब्ध भएको छ । आइतबार हरारेमा न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ४ विकेटको नोक्सानीमा ३०३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा जिम्बावेले ४९ ओभरमा ३ विकेट गुमाउँदै ३०४ रन बनायो । जिम्बावेले पहिलोपटक न्युजिल्यान्डविरुद्ध तीन सय रनको लक्ष्य पछ्याएको हो । सन् २०१५ को क्रिकेट क्यालेन्डरमा ५० पटक ३ सय रनभन्दा माथिको योगफल बन्यो । जिम्बावेको जितमा क्रेज इर्भिनले १३० रनको शतकीय इनिङ खेले । उनले १०८ बलमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । घरेलु टोलीका लागि ह्यामिल्टन मासाकाड्जाले ८४ रनको योगदान दिएका थिए । उनले ९९ बलमा १० चौका प्रहार गरे । मासाकाड्जा र चामु चिभाभाले पहिलो विकेटका लागि ७४ रन जोडे । चिभाभाले ४८ बलमा ४२ रन बनाए । त्यसपछि जिम्बावेका लागि मासाकाड्जा र इर्भिनले उत्कृष्ट साझेदारी दिलाए । उनीहरूबीच दोस्रो विकेटका लागि १२० रनको साझेदारी भएको थियो ।

इर्भिनले इल्टन चिगुम्बुरासँग तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई ४४.६ ओभरमा २६०/३ को अवस्थामा पुर्‍याए । यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डका रस टेलरले सर्वाधिक ११२ रनको योगदान दिएका थिए । उनले १२२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । केन विलियम्सन ९७ रनमा आउट भए । न्युजिल्यान्डले सुरुवाती दुई विकेट ३९ रनमा गुमाएको थियो । टेलर र विलियम्सनबीच तेस्रो विकेटका लागि १३७ रनको साझेदारी भयो । दुवैले न्युजिल्यान्डलाई ३९–२ बाट १७६–३ को स्थितिमा पुर्‍याए । विलियम्सनले १०२ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । ग्रान्ट इलियटले ३२ बलमा ४३ रनको योगदान दिएका थिए । करियरमा न्युजिल्यान्डका विलियम्सन पाँचपटक नर्भस नाइटिजको सिकार भएका छन् ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *