ताजा खबर

नेपाली बजारमा एभेन्चुरा कार 

काठमाडौं, २०७२ श्रावन १८,

इटालियन ब्रान्ड फियाटको एभेन्चुरा कारको नेपालका लागि फियाटको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले एभेन्चुराको औपचारिक बिक्री सुरु गरेको छ । औपचारिक बिक्री अवसरमा कम्पनीका वरिष्ठ बजार प्रबन्धक केशव अर्यालले ‘कारको स्पोर्टी लुक्स र स्मार्ट फिचरले सहरमा आकर्षक भने ग्राउन्ड क्लियरेन्स र इन्जिन सुरक्षा कवचले कच्ची बाटोमा समेत चलाउन सकिने बताए ।

एभेन्चुरामा २ सय ५ एमएमको ग्राउन्ड क्लियरेन्स र इन्जिन प्रोटेक्टिभ कभर रहेकाले कच्ची बाटोमा कुदाउँदा पनि गाडीलाई असर पर्दैन । सेतो, कालो, रातो, सुन्तलालगायत विभिन्न ६ रङमा उपलब्ध एभेन्चुरा विभिन्न चार मोडलका छन् । त्यसमध्ये दुई मोडल डिजेलबाट र बाँकी दुई पेट्रोलबाट चल्ने कम्पनीले जनाएको छ । कम्पनीले बिक्री सुरु गरेको फियाट एभेन्चुरामा ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम, तेल ट्यांकी ४५ लिटर, माइलेज प्रतिलिटर १४.४ किमि पेट्रोल र डिजेलको माइलेज प्रतिलिटर २०.५ किमि छ ।

एभेन्चुरामा कार बन्द गरेर पनि केही समय हेडलाइट बाल्न सकिने, ढोका खुलै भएको देखाउने, आवाजबाटै फोन चलाउन सकिने, विशेष सेन्सरसहितको डबल एयरब्यागलगायत विशेषता छन् । कम्पनीले नेपाली बजारमा एभेन्चुरा १.४ एक्टिभ पेट्रोलको २९ लाख ९५ हजार, एभेन्चुरा १.४ डायनामिक पेट्रोल ३२ लाख ९५ हजार रुपैयाँ, एभेन्चुरा १.३ डायनामिक डिजेल ३८ लाख ९५ हजार रुपैयाँ, एभेन्चुरा १.३ इमोसन डिजेल ४० लाख ९५ हजार रुपैयाँ मूल्य पर्ने जनाएको छ ।

श्रोत : नया पत्रिका

Related posts