
एजेन्सी , २०७२ श्रावन १७,
बलिउडका सुपरस्टर शाहरुख खानमाथि मुम्बर्इको वानखेडे क्रिकेट मैदान प्रवेशमा लागेको प्रतिबन्ध आइतबारबाट हटेको छ ।
मुम्बई क्रिकेट एसोसिएसनले उनीमाथि वानखेडेमा प्रवेश गर्न लगाएको रोक फुकुवा गरेको हो । शाहरुख आईपीएल फ्रेन्चाइजी कोलकाता नाइटराइडर्सका सह-मालिक हुन् । सन् २०१२ मा एमसीएले वानखेडे क्रिकेट मैदानमा उनीमाथि ५ वर्ष लामो प्रतिबन्ध लगाएको थियो ।
मुम्बई क्रिकेट एसोसिएसनको आइतबार भएको बैठकले शाहरुखको खानको पक्षमा निर्णय गरेको हो ।
१६ मे २०१२मा कोलकाता नार्इट रार्इडर्स र र मुम्बई इन्डियन्सबीचमा भएको आईपीएल म्याचपछि बाहिरिने क्रममा शाहरुखले वानखेडे स्टेडियमका एक सुरक्षाकर्मी एमसीएका अधिकारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
त्यपछि उनलार्इ वानखेडे क्रिकेट मैदानमा पस्न पाँच वर्षको प्रतिबन्ध लगाइएको थियो । अघिल्लो साल एमसीएले शाहरुखमाथि लगाएको प्रतिबन्ध अस्थायीरुपमा हटाएको थियो ।
श्रोत : अन्नपुर्ण पोस्ट