ताजा खबर

पहिलोपटक खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौं , २०७२ श्रावन १८,
नेपाल आयल निगमले खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर एक हजार चार सय ३५ मा झारेको छ । ग्यासको मुल्य पहिलोपटक घटाइएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, ग्यास, हवाई इन्धन सबैको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेल तीनवटैमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा घटाएको छ। घटाएपछि पेट्रोलको नयाँं मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँं ५० पैसा कायम भएको छ। साथै डिजेल र मटितेलको नयाँ मूल्य प्रतिलिटर ८४ रुपैयाँ कायम भएको छ ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *