ताजा खबर

मनसुन प्रारम्भ भएयता ९० को मृत्यु

काठमाडौं, २०७२ श्रावन १८, 
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मनसुन प्रारम्भ भएयता बाढीपहिरोका कारण ९० जनाको ज्यान गुमेको बताएका छन्।
व्यवस्थापिका संसद्को आइतबारको बैठकमा उनले ३८ जना बेपत्ता, ४८ जना घाइते, एक सय १७ घर पूर्णक्षति, एक सय २२ घर आंशिक क्षति एवं तीन सय ६३ पशुपक्षीको क्षति भएको जानकारी दिए। सभामुख सुवास नेम्बाङले शुक्रबार सरकारलाई मनसुन प्रारम्भ भएयता बाढीपहिरोबाट भएको क्षतिका बारेमा विवरण दिन निर्देशन दिएका थिए।
साउन १३ गते आएको अविरल वर्षाका कारण कास्कीको लुम्ले, ढिकुरेपोखरीलगायतका गाविसमा पहिरोमा परी ३५ को मृत्यु, चार बेपत्ता र १९ घाइते भएको जानकारी गौतमले संसद्समक्ष गराएका थिए। उनका अनुसार बागलुङ, म्याग्दी, रोल्पा, ताप्लेजुङलगायतका जिल्लामा पहिरोले एक सय १७ घर पूर्ण क्षति भएको छ।
गृहमन्त्री गौतमले बाढीपहिरोबाट प्रभावितको खोजी, उद्धार, सडक अवरोध खुलाउने कार्यमा सरकारले आवश्यक संयन्त्र परिचालन गरेको जानकारी दिए।मृतक परिवारलाई ४५ हजार रुपैयाँ राहत दिएको पनि उनले बताए।
श्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *