
दिननाथ बराल,
पोखरा २०७२ साउन १७,
सहारा क्लव हङकङले पहिरोले बगाएको लुम्लेको ज्ञानोदय सामुदायिक प्राविलाई एक लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । पोखराको सहारा क्लवको समन्वयमा आईतबार क्लवमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा सहारा हङकङकी सदस्य सरीता गुरुङले बिद्यालयका प्राध्यानाध्यापक सदाखर पौडेललाई उक्त रकम नगद हस्तान्तरण गरेकी हुन ।
आफु सहितको हङकङको फिस्टेल सलुन र हङकङमा अन्य दाताहरुबाट संकलीत उक्त रकम बिद्यालयको भौतिक पुर्वाधार निमार्णको लागि सहयोग हस्तान्तरण गरीएको सदस्य गुरुङले बताईन । उनले भनीन “हाम्रो यो सानो सहयोग हो, सानो सहयोगले दुखि भएका बिद्यार्थीहरुमा थोरै भए पनि खुसि छाउन सकोस, आगामी दिनमा पनि हामीले सकेको सहयोग गर्ने छौं । ”
बिद्यालयका प्राध्यानाध्यापक पौडेलले प्राप्त सहयोग बिद्यालयको भौतिक पुर्वाधार निमार्णमा नै खर्च गरीने बताउदै उनले धन्यवाद समेत दिएका छन । उनले भने “भूकम्पले हल्लाएको बिद्यालयको भवन यही साउन १३ गते राति आएको पहिरोले ६ कोठो भवन नै बगायो । ”बिद्यालय संचालन गर्न आर्थिक अभावको कारणले गर्दा कठिन भएको उनले गुनासो गर्दै ३५ लाख मुल्य बराबरको क्षेति हुन पुगेको बताए । बिद्यालयमा १५ लाखको लागतमा हालै निमार्ण भएको ४ कोठे भवन सहित सौचालय समेत पहिरोले बगाएको कारण हाल पोल्टी फार्ममा कक्षा संचालन गर्न सुरु गरेको पौडेलले बताए ।
कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बीका प्रसाद आचार्यले भूकम्पले प्रभावित भएको अबस्थामा कास्कीको लुम्ले, ढिकुरपोखरी र भदौरेतामागीमा गरी हाल ४ वटा बिद्यालयमा क्षेति पुगेको बताए । भूकम्पबाट प्रभावित भएका कास्कीको बिद्यालयको अस्थायी राहत कक्षा कोठा निमार्ण समितिका संयोजक तथा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले विपद्को समयमा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्नु प्रंशम्शनीय कार्य भएको बताए । सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत र महासचिव केशव बहादुर थापाले कार्यक्रमको संचालन गरेका हुन ।