ताजा खबर

बजाजका ३ नयाँ मोडलका पल्सर मोटरसाईकल बजारमा

पोखरा,  २०७२  साउन १७,

बजाज कम्पनीको पल्सर मोटरसाइकलका ३ नयाँ मोडलका वाईकहरु कम्पनीले नेपाली बजारमा ल्याएको छ । आइतबार पोखरा सहित नेपालभरी नै पल्सरका २०० आरएस, २०० एएस र १५० एएसका पल्सर मोटरसाइकल सार्वजनिक गरेको हो ।

पोखरा नयाँबजारको ईच्छाशक्ति अटोमोबाइल प्रालिले आइतबार एक कार्यक्रमका बीच पल्सरका तीन मोडल सार्वजनिक गरेको हो । कार्यक्रममा पल्सरको नयाँ बाइक २०० आरएसको बुकिङ गरेका नसिप बज्राचार्य, नयाँबजार क्लबका उपाध्यक्ष प्रदिप बस्नेत र पत्रकार महासंघ कास्कीका सदस्य तथा खेलकुद पत्रकार मञ्च कास्कीका सचिव दीननाथ बरालले एकसाथ तीन वटा मोटरसाइकलको सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सेल्स म्यानेजर रेखा थापाले बाइकको विशेषताका बारेमा जानकारी गराएकी थिइन् । उनले युवा पुस्ताका लागि लक्षित गरेर नयाँ बाइक भित्र्याइएको बताइन् । उनका अनुसार २०० आरएसमा एन्टीलग ब्रेकिङ सिस्टम रहेको र यसले दुर्घटना न्यूनीकरणमा सहयोग हुन्छ । फ्युल इन्जेक्सट सिस्टम भएकाले इन्जिनमा कुनै समस्यामा आएर संकेत दिने उनले बताइन् । २०० एएस र १५० एएसमा कार्बोरेटर हुन्छ । यसले तेलको मात्रालाई मिलाउँछ । जसले कहाँ पुग्दा कति तेल आवश्यक पर्छ पहिल्यै जानकारी हुन्छ ।

सो अवसरमा बोल्दै इच्छाशक्ति अटोमोबाइल्सका प्रवन्ध निर्देशक इच्छामान बुद्धाचार्यले नयाँ बाइक पोखरामा लोकप्रियह हुने विश्वास व्यक्त गरे । उनले पल्सरका स्पेयर्स पार्टस्हरु सस्तो गुणस्तरीय हुने दावी पनि गरे । उनका अनुसार हालको बजारमा स्कुटर बाहेक बजाज कम्पनीको मोटरसाईकलले ५५ प्रतिशत बजार ओगटेको छ ।

२०० आरएसलाई ३ लाख ९९ हजार ९ सय रूपैयाँ, २०० एएसलाई २ लाख ८४ हजार ९ सय रूपैयाँ र १५० एएसलाई २ लाख ४९ हजार ९ सय रूपैयाँ मुल्य रहेको कम्पनीले जनाएको छ । उद्घाटनका अवसरमा अग्रिम बुकिङ गरेको नसिबले बाइक खरिद गरेका छन् । आइतबार नै ५ वटा बाइक बुकिङ भइसकेको प्रवन्धक भगवान बिजुक्छेले बताए । यी बाइकहरु स्पोर्टस् रेसिङका लागि समेत उपयुत्त भएको बिजुक्छेले जनाए । बजाज मोटरसाईकलको ब्राण्ड हंसराज हुलास चन्द्र एण्ड कम्पनि प्रालि रहेको छ ।

Related posts