ताजा खबर

गण्डकी विकास बैंकले १० करोड हकप्रद शेयर जारी गर्ने प्रस्ताव

दिननाथ बराल
पोखरा , २०७२ साउन १७,

गण्डकी बिकास बैंकले १० करोड ५६ लाख हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव पारीत गरेको छ । बैंकको शनिवार सम्पन्न विशेष साधारण सभाले बैंककोे बिद्यमान चुक्ता पूँजीको १ः०.३० को अनुपातमा अर्थात चुक्ता पूँजी ३५ करोड २० लाखको ३० प्रतिशतले हुन आउने उक्त रकम बराबरको हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव पारित गरेको बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत छविन्द्र नाथ शर्माले बताए ।

उनका अनुसार बैंकका अध्यक्ष पद्म प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । साथै सोही सभाले बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजि बृद्धी गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारीत गरेको छ । यस पश्चात बैंकको कुल चुक्ता पुँजी ४५ करोड ७६ लाख रुपैया पुग्ने शर्माले बताए ।

बंैकले आ.ब. ०७१÷७२ मा १७ करोड संचालन मुनाफा आर्जन गरेको थियो जुन गत आ.ब.को भन्दा झन्डै ३९ प्रतिशतले बढी हो । यस अवधिमा बैंकले ४ अर्व ५५ करोड निक्षेप संकलन गरी ३ अर्व ८६ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.१३ प्रतिशत मात्र रहेको बैंकले जनाएको छ । ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पु¥याउदै आएको यस बैंकले आफ्नो कार्यक्षेत्रका १० जिल्ला अन्र्तगत कुल २० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट सेवा दिदै आएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *