
२०७२ श्रावण १७,
सन् २००२ को फिल्म ‘फ्रिडा’ मा लिड रोल गरेकी मेक्सिकन अभिनेत्री सल्मा हायक त्यसका लागि ओस्कार अवार्डमा मनोनित पनि भएकी थिइन् । स्तब्धपूर्ण अभिनयका लागि बढी चिनिएकी ४८ वर्षीया अभिनेत्रीले हालै टपलेस फोटोसुट गराएर आफ्ना फ्यानलाई थप आश्चर्यमा पारेकी छन् ।
हुन त हलिउडले नायिकाको टपलेसलाई पचाउन थालिसकेको छ । हेइडी क्लुम, मिरान्डा केर, रिटा ओरा, माइली साइरस, केट अपटन, मिचेल रोड्रिगेज, लिन्ड्से लोहान, लेडी गागाजस्ता सेलिब्रेटीले पहिल्यै अनेक भावभंगीमा टपलेसको बाटो खुलाइसकेका छन् । यस्तोमा सल्मा पनि थपिएकी हुन् । महिलाको सौन्दर्य सम्बन्धी अमेरिकी म्यागाजिन अलुरेको पछिल्लो अंकका लागि उनले श्यामश्वेत फोटो खिचाएकी हुन् । फोटोमा टपलेस सल्माले वक्षस्थललाई आफ्नै हातले छोपेकी छन् ।
‘म सधैं ठान्थें मेरा हात निकै ठूला छन्,’ टपलेस फोटोसुटपछि सल्माले भनेकी छन्, ‘तर यति ठूला पनि रहेनछन् कि जसले मेरो वक्षलाई पूर्णत: ढाक्न सकोस् । फोटोसुट गर्दासम्म पनि मलाई हातले सबै ढाकेको होला भन्ने लागेको थियो । तर सोचेजति रहेनछ ।’ तर पनि उनलाई त्यसमा आपत्ति भने छैन । बरु टपलेलस फोटोसुटले स्वतन्त्रताको अनुभूति भएको टिप्पणी गरेकी छन् । भनिन्, ‘फ्री हुनका लागि यस्तो महत्त्वपूर्ण छ । र, मेरो यो उमेरमा यस्तो फोटो खिच्नुले एकदमै रोमाञ्चकता दिइरहेको छ ।’
श्रोत: कान्तिपुर