ताजा खबर

एमाओवादीमा मधेसी नेताको ज्ञापन

काठमाडौ,  २०७२ श्रावण  १७,

एमाओवादीका मधेसी नेता तथा सभासदले आफ्नो सरोकारका विषय संविधानमा समेट्न नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष पुष्पमकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटी एमाओवादीका मधेसी नेताहरूले संघीयतामा सीमांकन, नामांकन टुंग्याउनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र दिएका हुन् ।

एमाओवादी पोलिटब्युरो सदस्य रामचन्द्र झाका अनुसार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईमार्फत संविधानका सुझाव समेट्न गठित चार प्रमुख दलका अध्यक्ष सम्मिलित विशेष समितिलाई पनि ज्ञापनपत्र दिइएको हो ।

ज्ञापनपत्रमा समावेशीका साथै समानुपातिक पनि थप्नुपर्ने, नागरिकता प्राप्तिको प्रावधान अन्तरिम संविधानअनुरूप नै हुनुपर्नेलगायत बुँदा समेटिएका छन् । संविधानसभामा रहेका थारू सभासदले पनि शनिबारै जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेलगायतका माग राखी संवाद समिति र चार दलका अध्यक्षसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

श्रोत : कान्तिपुर

Related posts