उद्घाटन खेलमा बागलुङको जित
दिननाथ बराल
पोखरा, २०७२ साउन १६,
पोखरामा आज (शनिबार) देखि क्लव स्तरीय द क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । पोखराको नगरप्रशिक्षण केन्द्रको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा बागलुङको कालीका भगवती युथ क्लव विजयी भएको छ ।
पोखराको माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा भएको उद्घाटन खेलमा तनहुँको कालिका मार्ग क्रिकेटको समुह माथि बागलुङले ३९ रनले विजयी भएको हो । बागलुङको जितमा किसन खड्काले अर्धसतक पुरा गरेका थिए । उनले ४५ वलमा ६३ रन जोडेका हुन । बागलुङकै अविसेक सिंहले भने ४ ओभरमा ३ विकेट लिएका थिए ।
निर्धारित ३५ ओभरमा खेलमा बागलुङले २७ ओभरमा अल आउट हुदै १ सय ४१ रनको योगफल तयार पार्यो । पानी परेका कारण डि.एल. मेथडका आधारमा तनहुँले ३० ओभरको खेलमा १ सय ४६ रनको लक्ष्य पायो । दोश्रो ईनीङमा पानी परेका कारण ५ ओभर घटाइएको हो । १ सय ४६ लक्ष्य पाएको तनहुँले २६.५ ओभरमा अल आउट हुदै १ सय ६ रनमै समेटिएको हो । तनहुँका गनेस श्रेष्ठले २५ वलमा १९ रन जोडेका थिए भने तनहुँकै लाल बहादुर थापाले ४ ओभरमा ४ विकेट लिएका हुन । ४० ओभरमा हुने भनिएको उक्त खेल, खेल सुरु हुनु पुर्व पानी परेका कारण ५ विकेट घटाईएको थियो भने पहिलो ईनीङ पछि पुनः ५ विकेट घटाइएको हो ।
आगामी शनिबार सांग्रिला क्रिकेट क्लव पोखरा बिरुद्ध पोखराकै हिमालयन टाईगर समुह विच हुने भएको आयोजकले जनाएको छ । पश्चिमाञ्चल भित्र रहेका ७ वटा क्लवहरु बिच राउण्ड रोविनको आधारमा (हरेक टिमले हरेक टिमसंग) लिगको आधारमा ४० ओभरको खेल हुने भएको आयोजक क्लवका अध्यक्ष दिपेश खत्रीले बताए । उनका अनुसार पोखराको नगरप्रशिक्षण केन्द्रको क्रिकेट मैदानमा करीब ४ महिनासम्म हरेक शनिबार तथा सार्वजनिक विदाको दिनमा गरी २१ वटा खेल हुने भएको छ ।
क्रिकेट खेलको विकास तथा विस्तार गरी नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरीएको क्लवका सचिव सुमन गुरुङले बताए । प्रतियोगितामा बाग्लुङ, तनहुँ सहित स्याङजा क्रिकेट क्लव, र पोखराका साग्रिला क्रिकेट क्लव, लमाचौर क्रिकेट क्लव, हिमालयन टाईगर न्युरोड र आयोजक माछापुच्छ«े क्रिकेट क्लव प्रतियोगितामा सहभागि हुदै छन । प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडी, बलर, व्याट्सम्यान, फिल्डर र सर्वोत्कृष्ट क्याचरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख रुपैयाँ खर्च लाग्ने भएको गुरुङले जनाए ।
यसै विच उक्त प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक अध्यक्ष दिपक कोईरालाले गरेका हुन । कार्यक्रममा बोल्दै उनले क्रिकेट खेलको विकास गर्न यस्ता प्रतियोगिता आवश्यक भएको बताएका कोइरालाले प्रतियोगिता सफल पार्न सवैको सहयोग आवश्यक भएको बताए । साथै क्यानले तीन महिने लिग आयोजना योजना बनाएको समेत बताए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका
अध्यक्ष प्रेमनारायण न्यौपानेले खेलकुदको विकास गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए । आयोजक क्लवका अध्यक्ष दिपेश खत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कोषाध्यक्ष विवेक चासिले स्वागत गरेको कार्यक्रमको संचालन भने सचिव सुमन गुरुङले गरेका हुन ।