
दिननाथ बराल ,
२०७२ श्रावन १६,
नेपाल पत्रकार महासंघ कास्कीद्वारा वितरण गरिदै आएको दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट प्रेस स्वतन्त्रताका सेनानी कुसुमकेशव पराजुली सम्मानित भएका छन । प्रजातन्त्रका सेनानी स्वर्गीय दयाशंखर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापना गरिएको उक्त पुरस्कार शनिबार एक समारोहका विच सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, स्वर्गीय दयाशंखर पालिखेकी धर्मपत्नी उत्तराकुमारी पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पराजुलीलाई सम्मान गरेका हुन ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको सम्मान समारोहमा सम्मानित व्यक्तिलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरीएको हो । उक्त पुरस्कारको राषि ३३ हजार ३ सय ३३ रुपैया रहेको छ । पराजुली यस अघि राष्ट्रिय पत्रकारीता सम्मान तथा अन्य विभिन्न संघ संस्थाबाट समेत सम्मानित भएका थिए । बरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पराजुलीलाई सम्मान गर्न सिफारिस गरेपछि पत्रकार महासंघ कास्कीको बैठकले उहाँलाई सम्मानित गर्ने निर्णय गरेको हो ।
महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभासद यज्ञ बहादुर थापा, प्रेस काउन्सीलका सदस्य माधव शर्मा, नेपाली कागेेंस नेता सोभियत बहादुर अधिकारी, नेपाल पत्रकार महासंघका सदस्य सुस्मा पौडेल, स्वर्गीय दयाशंकर पालिखेको व्यक्तित्वको बारेमा चर्चा गर्र्दै यस्ता पुरस्कारले पत्रकारहरुलाई हौसला मिल्नेमा जोड दिए ।