ताजा खबर

उत्कृष्ट संविधान बनाउन खोज्दा संविधान नबन्न पनि सक्छ- मन्त्री रिजाल

दिननाथ बराल,

पोखरा २०७२  साउन १६,

सुचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले १५ दिन कुरेर भएपनि सिमाङकन सहितको संविधान जारी गर्नु पर्ने बताएका छन । दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट प्रेस स्वतन्त्रताका सेनानी कुसुमकेशव पराजुलीलाई एक समारोहका विच शनिबार सम्मान गर्दै मन्त्री रिजालले संविधान जारी गर्ने नाममा सिमाङकको बिषयमा प्रबेसै नगरी अघि बढ्नु भन्दा १५ दिन कुरेर भए पनि सिमाङकन सहितको संविधान जारी गर्नु पर्ने बताएका हुन ।

उनले भने “हामीले उत्कृष्ट संविधान बनाउन खोज्दा कतै संविधान नबन्न पनि सक्छ, यसमा धेरैको सहमतिको आधारमा पुनः सम्सोधन हुने गरी संविधान जारी गर्नुपर्दछ ।” संविधान मस्यौदामा करीब ९० प्रतिशत जसो सहमति भएकोले अब संविधान जारी गर्दा सकभर धेरैको सहमतिमा अन्यथा १६ बुंदे सहमतिको आधारमा संविधान जारी गर्नूको विकल्प नभएको मन्त्री रिजालले बताए । धेरै सहमति भएका बिषयलाई सम्झौता गरी संविधान जारी गर्नूपर्ने उनको भनाई थियो । उनले भने “३ करोड जनताको मनोभावनालाई सम्बोधन गरी ३ करोड संविधान जारी गर्न सकिदैन, अधिकाश जनताको भावनालाई समेट्ने गरी र पुनः संविधान सम्सोधन हुने गरी सम्झौताको दस्तावेजको रुपमा संविधान जारी गर्नू पर्दछ ।”

सम्झौता गर्ने क्षमता नभएर हालसम्म संविधान जारी गर्न नसकिएको दाबी गरेका मन्त्री रिजालले संविधान जारी गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रता, भय, अभाव र धर्मको बिषयमा कसैसंग सम्झौता गर्न नसकिने बताए । शान्तिपुर्ण ढंगले संविधान परिमार्जन गर्न सकिने भएकोले एकै पटकमा उत्कृष्ट संविधान बनाउन खोज्दा कतै संविधान नै नबन्ने हो कि भन्ने मन्त्री रिजालले प्रति प्रश्न समेत गरेका छन । समयमै सम्झौता गर्न नसके अधिनायक बाद हावी हुने उनले जनाए ।

अनलाईनहरु सवै मिडिया नभएको बताउदै उनले अनलाई सहित अन्य संचार माध्यमहरुलाई एउटा मापदण्ड भित्र ल्याउनु पर्ने जनाए । अनलाई संचार माध्यमहरुको कार्यालय, उनीहरुले प्रयोग गर्ने सामानहरु सवैको रेडियो तथा टेलिभिजन जसरी गर्नुपर्ने उनले बताए ।

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *