ताजा खबर

एक सय १७ बोकोहराम मारिए

नाइजेरिया, २०७२ श्रावन १६,

नाइजेरियाको लकेचाड क्षेत्रमा दुई हप्तादेखि जारी इस्लामिक आतंककारी समूह बोकोहरामविरुद्ध चाडका सैनिकले जारी राखेको कारबाहीमा एक सय १७ लडाकु सदस्य मारिएका छन् । त्यसै क्रममा सैनिकले बोकोहराम समूहको प्रशस्त हातहतियारसमेत नष्ट गरेको बताइएको छ । चाडको सेनाले बिहीबार जारी गरेको एक प्रेस विज्ञप्तिमा यो जानकारी गराइएको हो । यस अवधिमा चाडका दुई सैनिकले ज्यान गुमाएका र अन्य दुईजना घाइते भएका पनि विज्ञप्तिमा जनाएको छ ।

श्रोत : नया पत्रिका

Related posts