पोखरा, २०७२ श्रावन १५,
कास्कीमा पहिरोमा पुरिएका मध्ये शुक्रबार दिउँसोसम्म ३१ जनाको शव फेला परेको छ । लुम्लेमा २४, भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको शव फेला परेको हो ।
लुम्लेमा बिहानैदेखी खोजिमा जुटेको सुरक्षाकर्मीको टोलीले माझघरकी ७२ बर्षिया सियोधरी देवकोटाको शव भेटेको थियो । भदौरेतामागी ५ को घाँटीछिना डुडाको खेतमा चार र लुम्लेमा चार गरी आठ जना अझै वेपत्ता रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको नेपाली सेना, शशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित स्थानीयबासीको टोलीले बिहानैदेखि खोजि जारी राखेको छ । बेपत्ता हुनेहरुम भदौरेतामागीमा १० महिनाका किस्मत सुनार, ५ बर्षिय विश्व पराजुली, ७ बर्षिय समिर पराजुली र १० बर्षिय मनबहादुर सुनार रहेका छन् ।
![]()
![]()
![]()
यसैगरी लुम्लेमा ६८ बर्षिय ईन्द्रप्रसाद देवकोटा, ६२ बर्षिया रुद्रबती देवकोटा, ५ बर्षिया कबिता शेर्पा र ५ महिनाकी अंजली शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौरेले जानकारी दिए ।
श्रोत : अन्नपुर्ण पोस्ट