ताजा खबर

भदौको दोश्रो साता प्रावि स्तरीय ह्याण्डवल हुने

समाचारकक्ष
पोखरा २०७२  साउन १५,

पोखराको सिमलचौर स्थित लिटिल स्टेप उच्च माविको आयोजनामा १२ बर्ष मुनिका खेलाडीहरु सहभागि प्रा.वि. स्तरीय छात्र÷छात्रा ह्याण्डवल प्रतियोगिता आउदो भदौ दोश्रो साता देखि हुने भएको छ ।

भाद्र ११, १३ र १४ गते उक्त प्रतियोगिता विद्यालय परिसरमा आयोजना हुने भएको बिद्यालयले जनाएको छ । खेल जगतमा बालबालिकहरुलाई पनि प्रतिष्पर्धात्मक ढङ्गले अगाडि बढ्ने तथा विविध अतिरिक्त प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले उक्त प्रतियोगिता निरन्तर रुपमा आयोजना हुदै आएको बिद्यालयका संस्थापक शेरबहादुर गुरुङले बताए । २०६४ सालदेखि उक्त प्रतियोगिताले निरन्तरता पाएको छ ।

यसै बिच, लिटिल स्टेप उच्च मा.वि.मा अन्तर सदनात्मक भलिबल तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

Related posts