ताजा खबर

युवा लक्षित गरी तनहूँको दुलेगौडामा बिबिध सेवा सहितको बृहत जोन्स ग्यालरी संचालनमा

दिननाथ बराल
पोखरा १५, साउन
युवा बर्गलाई लक्षित गरी तनहूँको दुलेगौडामा विबिध सेवा सहितको जोन्स ग्यालरी संचालनमा आएको छ । समयको माग अनुसार युवा बर्गहरुले चाहानालाई मध्यनजर गरी आफुहरुले गिफ्ट, कसमेटिक, मिठाई, ईलोक्ट्रोनिक, कम्पुटर, लत्ताकपडा सहितका सामानहरु एकै छानामुनि उपलब्ध गराउने उद्धेश्यले उक्त ग्यालरी सुक्रबार देखि संचालनमा ल्याएको प्रवन्ध संचालक सुनिल गौतमले बताए ।

उनले भने “ हामीले यहाँ युवा बर्गले चाहेका सामानहरु उपलब्ध गराउने छौं, यसमा मुल्यमा पनि एकरुपता गर्ने छौं ।” उद्घाटनको अवसरमा केहि दिनको लागि ५ देखि १० प्रतिशतसम्म छुट समेत दिने भएको गौतमले बताए । पारिवारिक व्यापार गर्ने उद्धेश्यले धेरै सेवा एकै छानामुनिबाट दिने गरी पहिलो चरणमा उक्त ग्यालरी संचालन गर्न करीब एक करोड लगानी गरेको उनले जनाए । आफुले संचालन गरेको ग्यालरी लगानी र सेवा सुविधाका हिसाबले समेत सो क्षेत्रकै सबैभन्दा ठुलो रहेको दाबी गर्दै उनले  यस क्षेत्रमा युवा बर्गले खोजेका धेरै सामानहरु पाउनको लागि धेरै पसलहरु धाउनु पर्ने समस्या अब नहुने जिकिर  गरे ।

फाईनान्स विषयमा स्नातकोत्तर उर्तिण गरेका गौतमले ७ बर्ष सहकारी र ६ महिना बैंकमा प्रवन्धक को रुपमा काम गरेको अनुभवले गर्दा अर्कोको जागीर खानु भन्दा आफै जागीर दिनु पर्दछ भन्ने मान्यतालाई सार्थक पार्न आफै पसल संचालन गरेको गौतमले बताए । उनले हाल ५ जनालाई रोजगार दिएका छन भने घरकै ४ जना युवा  सदस्य समेत सक्रिय रुपमा लागेका छन्  ।

२०३८ सालदेखि उनका बाबु तथा आमाले संचालन गर्दै आएको किराना पसललाई २०६७ सालदेखि कम्पुटर ट्रेडिङ ले विस्थापन गरेका उनले हाल आएर बृहत ग्यालरी संचालनको धारणा सहित अगाडी बढेको वताउछन  । यसै विच, तनहुँ उद्योग बाणिज्य संघ दुलेगौडा बजार ।ईकाईका अध्यक्ष विमल प्रसाद रिमालले उक्त ग्यालरीको सुक्रबार उद्घाटन गरेका हुन

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *