ताजा खबर

पोखरामा भोलिदेखि क्लव स्तरीय लिग क्रिकेट प्रतियोगिता सुरु

उद्घाटन खेलमा कालीका तनहुँ र बाग्लुङ प्रतिष्प्रर्धामा उत्रिने

दिननाथ बराल,
पोखरा, २०७२  साउन १५,

पोखरामा भोलि (शनिबार) देखि क्लव स्तरीय लिग क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । पोखराको माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेलमा कालिका मार्क क्रिकेट तनहुँ र कालिका युथ क्लव बागलुङ बिच शनिबार बिहान ८ बजे पछि प्रतिष्प्रर्धा हुने भएको छ ।

पश्चिमाञ्चल भित्र रहेका ७ वटा क्लवहरु बिच राउण्ड रोविनको आधारमा (हरेक टिमले हरेक टिमसंग) लिगको आधारमा ४० ओभरको खेल हुने भएको आयोजक क्लवका अध्यक्ष दिपेश खत्रीले बताए । उनका अनुसार पोखराको नगरप्रशिक्षण केन्द्रको क्रिकेट मैदानमा करीब ४ महिनासम्म हरेक शनिबार तथा सार्वजनिक विदाको दिनमा गरी २१ वटा खेल ह हुने भएको छ ।

क्रिकेट खेलको विकास तथा विस्तार गरी नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका सचिव सुमन गुरुङले बताए । प्रतियोगितामा बाग्लुङ, तनहुँ सहित स्याङजा क्रिकेट क्लव, र पोखराका साग्रिला क्रिकेट क्लव, लमाचौर क्रिकेट क्लव, हिमालयन टाईगर न्युरोड र आयोजक माछापुच्छ«े क्रिकेट क्लव प्रतियोगितामा सहभागि हुदै छन ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडी, बलर, व्याट्सम्यान, फिल्डर र सर्वोत्कृष्ट क्याचरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख रुपैयाँ खर्च लाग्ने भएको गुरुङले जनाए ।

Related posts