काठमाडौं, २०७२ श्रावन १५,
नेपाली किकबक्सिङ टोलीले भारतको पुनेमा आयोजना हुने वाको एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार एक कार्यक्रमबीच सहभागी हुने नेपाली टोलीको बिदाइ गरेका छन् । १ देखि ९ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा ८ पुरुष र ३ महिलाले प्रतिस्पर्धा गर्नेछन् । ३२ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा खेलाडीतर्फ प्रकाश विष्ट (५२ केजी), बिलबहादुर लामा (५४ केजी), विवेक लामा (५७ केजी), खगेन्द्र पुनमगर (६० केजी), रामकृष्ण राउत (६५ केजी), विवस दवाडी (७१ केजी), सन्तोष खड्का (७५ केजी) र रुद्र लिम्बू (८१ केजी) ले प्रतिस्पर्धा गर्नेछन् ।
श्रोत : नया पत्रिका