ताजा खबर

वैद्य मोर्चाको विरोध

काठमाडौं, २०७२ श्रावन १५,

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मस्यौदा संविधानको विपक्षमा रहेका दलहरूसँग मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार बिहान माओवादी कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले मस्यौदाको विपक्षमा रहेकाहरूसँग संवाद गर्ने जिम्मा माओवादी अध्यक्ष मोहन वैद्यलाई दिएको छ । ‘यथास्थितिवादी र पश्चगामी मस्यौदा संविधानको खारेजीको मुद्दामा सहमत हुन सक्ने संघीयता पक्षधर राजनीतिक दलसँग संयुक्त आन्दोलनका लागि संवाद गर्ने र त्यसको पहल गर्ने जिम्मा ३३ दलीय राष्ट्रिय मोर्चाका तर्फबाट संयोजक कमरेड मोहन वैद्य ‘किरण’लाई दिने निश्चित गरिएको छ,’ बैठकपछि मोर्चा संयोजक वैद्यले जारी गरेका विज्ञप्तिमा भनिएको छ । मोर्चाले संविधानको मस्यौदा खारेजीको माग गर्दै २१ साउनमा राजधानीलगायत मुख्य सहरमा विरोध कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।

श्रोत : नया पत्रिका

Related posts