ताजा खबर

सि.एम. पौडी पोखरीमा पौडी पारखीको सङख्यामा बृद्धि

पोखरा , २०७२  साउन १४,

गर्मी मौसम बढेसंगै पोखराको तेर्सापट्टीमा रहेको सि.एम.सुईमिङपुलमा पौडी गर्नेहरुको सङख्यामा बृद्धि भएको छ । पौडी खेलको विकास तथा विस्तार गरी पोखरा क्षेत्रमा पौडी पारखीहरुको क्रेज बढाउने उद्धेश्यले आफुहरुले संचालन गर्दै आएको सुइमिङपुलमा पौडी गर्नेहरुको सङख्यामा हरेक बर्ष बृद्धि हुदै आएको सुइमिङपुल संचालक लालसिंह गुरुङले विहिबार पत्रकारसंग कुराकानी गर्दै बताए ।

४ देखि ११ फिट गहिराईको रहेको उक्त सुईमिङपुलमा करीब १० लाख ५० हजार लिटर पानीको क्षेमता भएको गुरुङले बताए । उनले भने “गर्मी मौसम बढेसंगै पौडी पारखीहरुको सङख्यामा बृद्धि हुदै आएको छ, शनिबार र सार्वजनिक विदाको दिनमा भने एकै दिनमा एक सय देखि एक सय ५० जनाले पौडी खेल्ने गर्दछन ।” उक्त सुईमिङपुलले पारिवारीक ४ जनासम्मको एक महिनाको प्याकेजमा ३ हजार ५ सय, ३ महिनाको एक व्यक्तिको लागि ६ हजार, मासिक २ हजार ५ सय शुल्क निर्धारण समेत गरेको छ । प्रशिक्षक सहितको पौडी गर्दा भने मासिक ४ हजार शुल्क रहेको संचालक गुरुङले जनाए ।

वालवालीका देखि युवाहरु बढी पौडी खेल्न आउने गरेको उनले बताए । बिद्यालय तथा संस्थागतबाट पौडी खेल्न आउनेहरुलाई समेत बिषेश छुट दिने गरेको उनले बताए । सामान्य अबस्थामा एक दिनको १ सय ५० रुपैया शुल्कः रहेको छ भने वालवालीको लागि एक सय रुपैया रहेको छ ।

२०५६ सालमा दक्षिण एसियाली गेममा कास्य पदक विजेता समेत रहेका पौडी प्रशिक्षक आनन्द कुवंर उक्त सईमिङपुलमा विगत २०५८ सालदेखि प्रशिक्षण गराउदै आएका छन । उनले भने “सामान्य पौडी खेल्नको लागि एक महिनामा आधारभुत तालिम दिन सक्छु तर तीन महिनाको प्रशिक्षण गराउन पाए प्रतिष्प्रर्धामा उत्रिन सक्ने गरी खेलाडी उत्पादन गर्न सक्छु ।” पौडी सिजनको खेल भएकोले पनि अन्य क्षेत्र भन्दा पोखरामा ७ महिनासम्म पौडी खेल्न सकिने उनले बताए । पौडी खेल्नु स्वास्थ्यका दृष्टिले धेरै राम्रो खेल भएको बताएका प्रशिक्षक कुवंरले ढाँड दुख्ने नसा सम्बन्धि समस्या भएका बिरामी, तौल घटाउन तथा रक्त संचार गराउन समेत मद्धत पुग्ने भएको दाबी गरे ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *