लुम्लेमा १८, भदौरेमा ५ र ढिकुरपोखरीमा २ गरी २५ जनाको मृत्यु
१५ वेपक्ता, १७ घाईते
दिननाथ बराल,
पोखरा, २०७२ साउन १४,
कास्कीका तीन गाविसमा भिषण पहिरो जादा २५ जनाको मृत्यु भएको छ भने १५ जना अझै वेपक्ता भएका छन । गएराती आएको भिषण पानीका कारणले गर्दा पहिरो जादा कास्कीको लुम्ले गाविसमा १८ जना, भदौरेतामागीमा ५ र ढुकुरपोखरी गाविसमा २ जना गरी २५ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
लुम्लेमा तीन जना, भदौरे तामागीमा १३ जना र ढिकुरपोखरीमा १ जना घाइते भएका छन् भने लुम्लेमा ११ र भदौरेमा ४ गरी १५ जना अझै वेपत्ता भएको प्रहरीले जनाएको छ । गएराति १२ बजे भीषण वर्षासँगै लुम्ले गाविसको वडा नम्बर ४ र ६ मा पर्ने माझघर गाउँमाथिको भीरबाट खसेको पहिरोले २० हजार लिटरको पानी ट्याङ्कीमा क्षति पु¥याएको थियो । सुरुमा खस्दा सानो भएपनि पानी ट्याङ्कीलाई क्षति पुर्याएपछि ठुलो रुप लिएको पहिराले १४ घर बगाउदा ठुलो जन तथा धनको क्षेति भएको स्थानीयले बताए । पहिरोमा एकै परिवारका ६ जना सम्मको ज्यान गएको छ भने आफन्तकोमा पाहुना आएका समेत परेका छन् ।
पहिरोले पानी ट्याङ्ककी भत्काएपछि नेपाली काँग्रेसका क्षेत्रीय सभापति आइबहादुर गुरुङको घरलाई बगाएको थियो ।उक्त घर भन्दा तलका १३ घरसम्म पूर्णरुमा क्षति पु¥याएको पहिरो पोखरा—बागलुङ राजमार्ग भन्दा तलसम्म पुगेको छ। करिव ३ सय मिटरसम्म पहिरोले क्षति पु¥याएको छ । आइबहादुर गुरुङको घरमा बसेका छिरिङ राईको पाँच जनाको परिवार पहिरोमा परेकोमा तीन जनाको शव फेला परेको छ । प्रहरीका अनुसार ५६ वर्षिय छिरिङ राई, ४८ वर्षिय उनीकी श्रीमती र ८ वर्षिय छोरा अर्जुन राईको शव फेला परेको हो भने दुई छोरी वेपत्ता छन् । छिरिङको पहिरोबाट उद्धार गरेपछि मृत्यु भएको प्रहरीले बताएको छ ।
८४ वर्षिय बसन्ते विक परिवारका ६ जना पहिरोमा पुरिएकोमा ५ जनाको शव फेला परेको छ । उनका एक नातिनी मामाघर भएकोले बाच्न सफल भएकी छन् भने एक छोरा साउदी अवरमा छन् । बिकका ३२ वर्षिया बुहारी चिजा, १४ वर्षिया नातिनी सम्झाना, १२ वर्षिया नातिनी शलिना, ९ वर्षिय नाती सुमिल विकको शव फेला परेको छ । विककी ८१ वर्षिया श्रीमती बाटुली अझै वेपत्ता छन् । ६ जनाको परिवार पहिरोमा परेपछि संजीता विक एक्ली भएकी छन् । हजुर बा, हजुर आमा, आमा, भाइ, बाहिनी गुमाएकी उनी घरी भक्कानिने घरी एकोहोरिने गरेकी
छन् । एसएलसी उत्र्तीण उनी माछापुच्छ«े क्याम्पसमा पढन मामाघर गएकी हुन् ।
लुम्लेको घटनामा एकै परिवारका सुनकुमारी जिसी, उनको १० वर्षिया सुगम जिसी, ५ वर्षिय छोरा संगम जिसी मृत्यु भएको छ । भिमाद घर भई माइती आएकी मञ्जु सुनार र उनकी चार महिनाकी छोरी सिमा सुनारको पनि पहिरोमा परी मृत्यु भएको छ । मञ्जु साथीको घरमा भएको बेलामा पहिरोमा परेकी हुन भने उनको माइती घरमा केही भएको छैन । लुम्लेको पहिरोमा पुरिएका रत्ना पौडेल, पद्मे देवकोटाको पनि शव फेला परेको छ। पहिरोमा पुरिएकाहरुको खोजी कार्य भइरहेको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतका अनुसार शवको गाउँमै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था गरिएको छ । पोष्टमार्टमको लागि डाक्टर एक टोली लुम्ले छ ।लुम्लेमा घाइते हुनेहरुमा २० वर्षिया रिता देवकोटा, उनको ८ महिना छोरा रितेश देवकोटा र १८ वर्षकी जुना सुनार रहेका छन् ।उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। लुम्लेको पहिरोमा इन्द्रप्रसाद देवकोटा र उनकी श्रीमती, गुरुदत्त देवकोटा र उनकी श्रीमती, देउताराम देवकोटा परिवारका ४ जना, लक्ष्मण देवकोटाका श्रीमती र छोरा वेपत्ता भएका छन् ।
पहिरोले पोखरा–वागलुङ सडक अबरुद्ध भएको छ । लुम्लेको ठोट्नेखोलादेखि पहिरो खसेर घर बगाएको ठाउँ लगायत पर्वतको डिमुवासम्म पनि राजमार्ग अवरुद्ध भएको छ । अबरुद्ध बाटो डोजर लगाएर खुलाउने प्रयास भइरहेको छ । पहिरो गएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, शसस्त्र प्रहरीका डिआइजी जानकीराज भट्टराई, नेपाल प्रहरीका एसएसपी बलराम पौडेल, कास्कीका प्रहरी प्रमुख हरिबहादुर पाल, स्थानीय बिकास अधिकारी तारानाथ अधिकारी घटनास्थल पुगेका थिए ।विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधरणहरु पहिरो गएको ठाउँ हेर्न पुगेका थिए ।पहिरोमा परेका अधिकांश निम्न स्तरका भएका स्थानीयबासीले बताए । रातको समयमा पहिरो गएकोले मानविय क्षति बढि भएको उनीहरुले भनाई छ ।
कास्कीको ढिकुरपोखरीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । स्थानिय १७ वर्षिया अस्मिता दाहाल र १९ वर्षका प्रेमराज दाहालको मृत्यु भएको छ । ढिकुरपोखरी ९ बस्ने ७५ वर्षकी टोपली दाहाल घर माथिबाट आएको पहिरोले पुरिदा उनको टाउको र वाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । पोखराको रामघाट र गाईघाटमा पनि सेतीमा आएको बढीले गर्दा त्यहाँको बस्ती बानमा परेको स्थानियले बताएका छन् । यसैगरी हेम्जाको फेदीमा ९ घर विस्थापित भएका छन् । राती भीषण वर्षापछि घट्टे खोलामा बाढि
भएपछि उनीहरु विस्थापिवत भएका हुन् ।
भदौरेमा ५ को मृत्यू
कास्कीको भदौरेतामागीमा अविरल वर्षापछि आएको पहिरोले ५ जनाको ज्यान गएको भने ४ जना वेपत्ता भएका छन् । राती १२ बजे आएको पहिरोले पहिरोले स्थानीय ३३ बर्षीया गौरी पराजुली र उनका ७ बर्षे छोरा करण पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी गौरी पराजुलीकी सासु ६० वर्षिया नन्दकली पराुजली, ६० बर्षीय टिकाराम विक र उनकी श्रीमती ५५ बर्षीया रामकुमारी विकको समेत मृत्यु भएको स्थानीयले जनाएका छन ।
अन्य १३ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, मणिपाल शिक्षण अस्पताल लगायतका अस्पतालमा उपचार गर्न ल्याइएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानिय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक,
कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र सोनाम सुनार, कि माया पराजुली गम्भीर घाइते भएका छन् ।
रवि पराजुलीको ढलानको पक्की भवनमा कुखुरा पालन भएको भए पनि गए राति पानी परेका कारण स्थानीय सुरक्षाको लागि भन्दै सो भवनमा गएका नन्दकली पराजुली सहितका केहि व्यक्तिहरुको मृत्यु भएको छ त कोहि वेपक्ता र केहि घाईते हुन पुगेको स्थानीय सोमनाथ पराजुलीले जनाए । पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ ।