ताजा खबर

आत्महत्या गर्ने सोच बनाएँ : श्रीसन्थ

कोची, २०७२  श्रावन १४,

अदातलको फैसलापछि क्रिकेटर श्रीसन्थ स्वतन्त्र भएका छन् । अदालतको सफाइ दिएसँगै उनी पुन: खेलजीवन सुरु गर्न चाहन्छन् । तर, यसका लागि उनले धेरै संघर्ष गर्नुपर्छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले श्रीसन्थका सम्बन्धमा कुनै निर्णय गरेको छैन । बिसिसिआईले निर्णय नगर्दासम्म उनीमाथि आजीवन प्रतिबन्ध यथावत् रहन्छ । सन् २०१३ को इन्डियन प्रिमियर लिग (आइपिएल)मा श्रीसन्थमाथि स्पट फिक्सिङको आरोप लगाइएको थियो ।

भारतीय क्रिकेट बोर्ड र आइपिएलले श्रीसन्थलगायत तीन खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएका थिए । श्रीसन्थले आफूमाथि अन्याय भएको जनाउँदै दिल्लीको अदालतमा उजुरी गरेका थिए । यसै साता श्रीसन्थलाई स्पट फिक्सिङ काण्डमा संलग्न नभएको अदालतले फैसला सुनायो । अदालतको फैसलाअघि श्रीसन्थ दुई वर्षसम्म चर्को मानसिक तनावबाट गुज्ेरका थिए । केरलास्थित निवासबाट बाहिर निस्कँदा समर्थकले गाली गरेको श्रीसन्थले बताएका छन् । दिनदिनै समर्थकबाट लज्जित भइरहँदा आत्महत्याको योजनासमेत बनाएको उनले खुलासा गरेका छन् । ‘क्रिकेटप्रेमी समर्थक र अन्यले मलाई सधैँ गाली गरिरहे, सामान्य कामका लागि घरबाट बाहिर निस्कँदा म अपमानित भएँ, ती क्षण निकै असह्य लाग्थ्यो,’ श्रीसन्थले भने, ‘यस किसिमको जीवनबाट छुटकारा पाउन मैले आत्महत्या गर्ने योजना बनाइसकेको थिएँ ।’ तर, आत्महत्या नै समस्याको समाधान नभएको उनले बताए ।

‘आत्महत्या गर्दा ममाथिको आरोप सत्य हुने थियो, त्यसकारण आत्महत्या यसको विकल्प नभएको ठानेँ,’ उनले भने, ‘आरोप झुट साबित गर्न मैले लड्नुपर्ने निर्णय गरेँ ।’ भगवान् विष्णुको कृपाका कारण आफूले न्याय पाएको श्रीसन्थको भनाइ छ । ‘आत्महत्याको योजना बुनिरहँदा मैले भगवान् विष्णुलाई सम्झेँ, त्यसैवेला यो संसारमा भगवान् रहेछन् भने जित मेरै हुने आशा जाग्यो,’ श्रीसन्थ भन्छन् ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *