ताजा खबर

जनताका सुझाव समेट्न संवाद समितिमा कार्यदल

काठमाडौं , २०७२ श्रावन १४,

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले संविधानमा जनताका सुझाव समेट्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बिहान ११ बजेदेखि सिंहदरबारमा शीर्ष नेतासहित बसेको संवाद समितिको बैठकल मस्यौदामा जनताले दिएका सुझाव नयाँ संविधानमा समेट्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदल गठनको गृहकार्यका लागि समितिको बैठक दिउँसो आधा घण्टाका लागि स्थगित गरेर शीर्ष नेताले छलफल गरेका थिए । आजै बन्ने कार्यदललाई मस्यौदामा जनताले दिएका सुझाव प्रिन्ट गरेर समितिमा पेश गर्ने जिम्मेवारी दिइने भएको छ ।

समितिको बैठकमा शीर्ष नेताहरुले आफ्ना धारणा समेत राखेका थिए । स्रोतका अनुसार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाओावदी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले बोल्दै जनताका सुझाव समेटेर साउन मसान्तमै संविधान ल्याइछाड्ने धारणा राखेका थिए ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *