ताजा खबर

कास्कीमा पहिरोले २० जनाको मृत्यु, लुम्लेमा १५ र भदौरेमा ५ को मृत्यु, २० बढी घाइते

दिननाथ बराल
पोखरा, २०७२  साउन १४,

कास्कीको लुम्ले र भदौरेतामागी गाविसमा गरी छुट्टाछुट्टै गएको पहिरोको कारणले २० जनाको मृत्यु भएको छ । गएराती आएको पहिरोले लुम्लेमा १५ जना र भदौरेतामागीमा ५ जनाको मृत्यु गएको प्रहरीले जनाएको छ । त्यस्तै दुवै ठाउँमा गरेर २७ भन्दा बढी घर पुरिदा ७ जना वेपता भएका छन् भने १६ जना घाईतेको उद्धार गरिएको छ । उद्धार गरीएको पोखराको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

गएराति मध्यरात १२ बजदेखि परेकोे अविरल वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा लुम्लेमा पहिरो गएको स्थानिय शिक्षक विरेन्द्र गुरुङले बताए । लुम्ले वडा नम्बर ४ र ६ मा पर्ने साङ्लेभीर खसेर च्यानबारेदेखी न्याउरिनथानसम्मका घर पुरिदा अन्य ३ जना घाईते भएका छन् । फेला परेको शव मध्ये १३ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा छिरिङ शेर्पा र उनकी श्रमती, अर्जुन शेर्पा, सम्झना विक, सलिना विक, बसन्ती विक, सुनकुमारी जिसी र उनकी २ छोरा, मञ्जु सुनार र उनकी ४ महिनाकी छोरी सिमा सुनार रहेका छन् ।

उनीहरुको उद्धार गरेर हेलिकप्टरमार्फत पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ । त्यस्तै अन्य १४ जना वेपत्ता भएको प्रहरीले बताएको छ । पहिरोले ११ घर बगाएको छ भने १४ घरमा क्षेति पुगेको स्थानिय गुरुङले जनाए । पहिरोले बाटो समेत अबरुद्ध हुँदा पोखरा–वागलुङ सडक अबरुद्ध भएको छ । बास्कोटचोकदेखी नै बाटो अबरुद्ध भएको छ भने अहिले डोजरको सहायताले अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ ।

भदौरेमा ५ को मृत्यू ४ वेपक्ता १३ घाईते

त्यसै गरी कास्कीको भदौरेतामागीमा गएराती परेको अविरल बर्षाले आएको पहिरोले ५ जनाको ज्यान गएको भने ४ जा वेपत्ता भएका छन् । भदौरेतामागीको सिमपानीको डाँडा भासियर खहरे खोलामा मिसिएपछि डुँडेको फाँटको ९ घर पहिरोले बगाएको स्थानीय सोमनाथ पराजुलीले बताए ।

पहिरोले स्थानीय ३३ बर्षीया गौरी पराजुली र उनका ७ बर्षे छोरा करण पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी गौरी पराजुलीकी सासु ६० वर्षिया नन्दकली पराुजली, ६० बर्षीय टिकाराम विक र उनकी श्रीमती ५५ बर्षीया रामकुमारी विकको समेत मृत्यु भएको स्थानीयले जनाएका छन । रवि पराजुलीको ढलानको पक्की भवनमा कुखुरा पालन भएको भए पनि गए राति पानी परेका कारण स्थानीय सुरक्षाको लागि भन्दै सो भवनमा गएका नन्दकली पराजुली सहितका केहि व्यक्तिहरुको मृत्यु भएको छ त कोहि वेपता र केहि घाईते हुन पुगेको स्थानीय सोमनाथ पराजुलीले जनाए ।

पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ । त्यस्तै भदौरेतामागीसँगै जोडिएको चापाकोटमा २ घर पहिरोले बगाएको छ । चापाकोट–९ नौविसे र घाँटीछिनामा १÷१ वटा घर पहिरोले बगाएको प्रहरीले बताएको छ । पहिरोले पामे–ठूलाखेत बाटोमा पर्ने पुल बगाउँदा आवतजावतमा समस्या हुँदा उद्धारमा कठिनाई भएको छ । प्रहरीले डोरीको सहायताबाट उद्धार गरिरहेको छ । सो क्षेत्रमा पर्ने तीन वटा झोलुङगे पुल समेत पगाएको छ । फेवातालको सिरान भाग पर्ने भएकोले पहिरोले बगाएर ल्याएको डुंगा, माटो, काठ दाउरा समेत फेवातालमा सिसिएको छ भने फेवातालको माथिल्लो भागमा हिलो लेदोबाटो तथा धमिलो माटो मिसिएको छ ।

त्यस्तै कास्कीको ढिकुरपोखरीमा पहिरोमा परी २ जना वेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् । ढिकुरपोखरी ९ बस्ने ७५ वर्षकी टोपली दाहाल घर माथिबाट आएको पहिरोले पुरिदा उनको टाउको र वाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ भने स्थानिय १७ वर्षिया अस्मिता दाहाल र १९ वर्षका प्रेमराज दाहाल हालसम्म वेपत्ता भएका छन् ।

तष्विरहरु :

  • bagar
  • dhalanghar

१ . भदौरेतामागी सिमपानीको डाँडा भासिदा गएराति आएको अविरल बर्षाले गर्दा पहिरोले डुँडेको फाँटको बस्ती बगरमा परिणत ।

२ . डुँडेको फाँटमा रहेको रवि पराजुलीको ढलानको घरमा पहिरोले भत्काएर छत भूईमा लत्रे पछि वेपक्ता भएको आशंकामा खोजिगर्दे सुरक्षा कर्मीहरु ।

३ . पिडितका आफन्त पहिरोले आफन्त गुमाउदा विलौना गर्दै ।

४ . भदौरेतामागीको खहरे खोलाको पुल पहिरोले बगाए पछि खोला तार्दै सुरक्षाकर्मीहरु ।

तष्विर दिननाथ बराल

Related posts