ताजा खबर

साउनमै संविधान ल्याउन शीर्ष बैठकले यस्तो कार्यतालिका बनायो

काठमाडौं : २०७२ श्रावन १४,
साउन मसान्तभित्रै संविधान ल्याउन मुख्य दलका शीर्ष नेताहरुको विशेष बैठकले आन्तरिक कार्यतालिका तयार गरेको छ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बुधबार अपरान्ह बसेको शीर्ष नेताहरु र संविधानसभा समितिका सभापतिहरुसमेत रहेको विशेष बैठकले साउन मसान्तत्रिै संविधान ल्याउने प्रतिवद्धतासहित आन्तरिक कार्यतालिका तयार गरेको हो।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, सम्वाद समितिका अध्यक्ष बाबुराम भट्टराई , मस्यौदा समितिका अध्यक्ष कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो ।
बैठकले अब अलिकति पनि अलमल नगरी संविधान निर्माणको प्रक्रियालाई तिव्रता दिनुपर्ने निश्कर्ष निकालेको छ। बैठकमा तयार भएको आन्तरिक कार्यतालिका अनुसार जनताको सुझावसहितको प्रतिवेदनमा छलफल गरी परिमार्जनका आधार तयार गर्न बाबुराम भट्टराई अध्यक्ष रहेको संवैधानिक तथा सम्वाद समितिलाई चार दिन, मस्यौदा परिमार्जनका लागि कृष्णप्रसाद सिटौला अध्यक्ष रहेको मस्यौदा समितिलाई चार दिन दिने निर्णय भएको छ ।
त्यसैगरी संशोधनको सात दिने अवधिलाई घटाएर दुई दिन बनाउने र दफवार छलफलका लागि अहिले रहेको तीन दिनको व्यवस्थालाई एक दिनमा झार्ने सहमति भएको छ। यी सबै प्रकिया साउन २४ गतेसम्म सकाएर मसान्तभित्रै अन्तिम संविधान जारी गर्ने निर्णय भएको बैठकपछि अध्यक्ष सुवास नेम्वाङले बताए । उनले भने, ‘साउन मसान्तभित्रै संविधान ल्याउने गरी आन्तरिक कार्यतालिका तयार भएको छ। त्यहीअनुसार आजैदेखि काम थालिनेछ।’
आन्तरिक कार्यतालिका यस्तो छ :
चार दिन सम्वाद समितिलाई 
चार दिन मस्यौदा समितिलाई
तीन दिन संशोधनका लागि
एक दिन दफावार छलफलका लागि 

श्रोत  : अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *