ताजा खबर

हरे ! यस्ता पनि सांसद

२०७२ श्रावन १३,

बेलायतको माथिल्लो सदन ‘हाउस अफ लर्डस’का उपाध्यक्ष लर्ड स्युलले अनौठो तर निकै लज्जाजनक हर्कतका लागि राजीनामा दिएका छन् । बेलायती पत्रिका ‘द सन’ले केही दिनअघि बेलायतमा रहेको आफ्नै फ्ल्याटमा यौनकर्मीसँग बसेर ड्रग्स लिँदै गरेको तस्बिर सार्वजनिक गरेपछि उनले राजीनामा दिएका हुन् । स्युलले बेलायती संसद् सचिवालयलाई एक पत्र लेखी ‘आफ्ना कारण संस्थालाई भएको पीडा र असहजताका लागि माफी दिन’ आग्रह पनि गरेका छन् । उनले संसद्को विशेषाधिकार समितिबाट पनि राजीनामा दिएका छन् । हाउस अफ लर्डसकी अध्यक्ष बेरानेज डिसुजाले राजीनामाको पुष्टि गर्दै स्युलको व्यवहार ‘अस्वीकार्य’ र ‘अचम्मित पार्ने खालको’ भएको बताएकी छिन् ।

सार्वजनिक भिडियो र तस्बिरमा स्युलले यौनकर्मीका सुन्तला रङका ब्रा र ज्याकेट लगाएर चुरोट तान्दै गरेको, पाँच पाउन्डको नोटले टेबुलमा रहेको ड्रग्स तान्दै गरेको तस्बिर सार्वजनिक भएका थिए । त्यति मात्र होइन, उनले एउटी यौनकर्मीको स्तनमा राखिएको ड्रग्स नोटको सहारामा तानेको पनि देखिन्छ । स्युलले ती दुई यौनकर्मीमध्ये एकलाई नगदै दुई सय पाउन्ड र अर्कीलाई सोहीबराबरको चेक काटेर दिएका थिए ।  ६९ वर्षीय स्युलले ड्रग्स लिएको र वेश्यावृत्तिमा संलग्न भएको सम्बन्धमा प्रहरी सोधपुछ सुरु भएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दोस्रोचोटि बिहे गरेका स्युलका दुई आफ्नै र दुई सौतेला सन्तान छन् । वर्तमान श्रीमती एउटा विश्वविद्यालयकी सचिव छिन् । स्युल पूर्वमन्त्री पनि हुन् ।

श्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *