दिननाथ बराल,
पोखरा, २०७२ साउन १२,
सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक बर्ष २०७१÷७२ को २०७२ आषाढ मसान्त सम्म २९ करोड ९७ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । आ.ब २०७१÷७२ मा ८ अरब निक्षेप संकलन गरि गत बर्षको तुलनामा २४.०८ प्रतिशत बृद्धि गर्न सफल भएको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
बैंकले ६.५३ अर्व कर्जा लगानी गरि उक्त रकम गत बर्षको तुलनामा २७.१० प्रतिशतले बृद्धि हासिल गरी २९.९७ करोड संचालन मुनाफा आर्जन गर्न सफल भएको पौडेलले जनाए । बैंकले १९ करोड खुद मुनाफा कमाउन सफल भएको छ ।
बैंकको हाल निष्क्रियकर्जा अनुपात ०.५८%, प्रति शेयर आम्दानी २५.९२ र कर्जा निक्षेप अनुपात ७२.१९ प्रतिशत रहेको छ । बैंकको हाल २६ शाखा संचालनमा रहेका छन ।
बैकले कर्णाली अञ्चलको जुम्ला, पूर्वाञ्चलको इटहरी, सुदुर पश्चिमाञ्चलको अत्तरिया, वर्दियाको गुलेरिया तथा ललितपुरको ईमाडोल गरि थप पाँच शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।