लन्डन, २०७२ श्रावन १२,
इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरोलाई भित्र्याएको छ । युनाइटेडले वर्तमान गोलरक्षक डेभिड डी जिया क्लबमा बस्ने–नबस्ने अनिश्चित भएपछि अर्का गोलरक्षकलाई भित्र्याएको बेलायती मिडियाले जनाएका छन् । यसै सिजन साम्पडोना छाडेका रोमेरो स्वतन्त्र रूपमा युनाइटेडसँग आबद्ध भएका हुन् । उनले युनाइटेडमा सहायक गोलरक्षक भिक्टोर भाल्देसलाई परिवर्तन गर्ने सम्भावना छ । भाल्देसले यो सिजन क्लब छाड्ने प्रशिक्षक लुइस भान गालले बताइसकेका छन् । रोमेरोले युनाइटेडसँग तीन वर्षका लागि सम्झौता गरेका छन् ।
रोमेरोले अर्जेन्टिनाबाट सन् २०१४ को विश्वकप फाइनल खेलेका थिए । युनाइटेडका वर्तमान प्रशिक्षक लुइस भान गालको नेतृत्वमा यसअघि नै खेलिसकेका रोमेरोले एजेड अल्कमारबाट पनि उपाधि जितेका थिए । यो सिजन सुरुवातमा डी जियालाई स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गर्ने चर्चा चले पनि हालसम्म सम्झौता भएको छैन । सन् ०१४ को विश्वकपमा रोमेरोकै उत्कृष्ट प्रदर्शनमा भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसवेला रोमेरोले नेदरल्यान्डको दुई पेनाल्टी प्रहारलाई रोकेका थिए ।
श्रोत : नया पत्रिका