ताजा खबर

संविधान बनेपछि कांग्रेश र एमाले मध्ये एक प्रतिपक्षमा

जर्मनी, बर्लिन , २०७२ श्रावन १२,
नेपाली कांग्रेसका युवा नेता तथा सभासद् गगन थापाले नया“ संविधान जारी भइसकेपछि कांग्रेस र एमालेबीचको गठबन्धनले निरन्तरता दिनु आवश्यक नरहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति, जर्मनीको तेस्रो अधिवेशन उद्‍घाटनका क्रममा बोल्दै थापाले यस्तो धारणा राखेका हुन् । ‘अब संविधान निर्माण भइसकेपछि कांग्रेस एमाले मिलेर सरकार चलाउने होइन। जसरी मुलुकमा बलियो र दुरदर्शी सत्तापक्ष चाहिन्छ, त्यसरी नै जिम्मेवार प्रतिपक्षको पनि आवश्यकता पर्छ, उनले भने, कांग्रेस वा एमाले जो सरकारमा बसे पनि भयो तर लोकतन्त्रको सुदृढीकरणका लागि ठूला पार्टीहरु एउटा सत्ता र अर्को रचनात्मक प्रतिपक्षको भूमिकामा रहनुपर्छ ।’
नयाँसंविधान निर्माणको सुनिश्चितता अब भएको भन्दै थापाले यकिन मिति किटेरै भन्न नसकेपनि केही सातामा मुलुकले नयाँ संविधान पाउने बताए। उनले नयाँ संविधान जारी गर्नु पहिले संघीय राज्यहरुको सीमांकन टुंग्याउनुपर्ने कुरामा पनि जोड दिएका छन्।
सीमांकन नगरी जादा विवाद बढ्ने र विरोधका आवाजले ठाउँ पाउने अवस्था रहने हुँदा सीमाकंनको काम सकेर संविधान जारी गर्नेतिर अग्रसर हुनुपर्ने नेता थापाको तर्क थियो। मस्यौंदामा आएका सुझावलाई समेटेर संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन । मुल कुरा प्रमुख दलहरुवीच अब लोकतन्त्रभित्रै विकल्प खोज्ने कुरामा सहमति बनिसकेको छ। अब नया संविधान जारी भएपछि मुलुकको राजनीति नया राछजनीतिक आयामतर्फ अग्रसर हुन्छ’उनले भने।
सभासद् थापाले नेपाली राजनीतिमा लामो समयदेखि राजासहितको राजनीतिक व्यवस्था, वापमन्थी शक्तिहरुले भनेजस्तो नौलो जनवादी व्यवस्था र वीपी कोइराला लगायतका प्रजातान्त्रिक नेताहरुले वकालत गरेको जस्तो प्रजातान्त्रिक व्यवस्था मध्ये के अपनाउने भन्नेमा द्धन्द रहेको प्रसंग उल्लेख गर्दै भने, अब सबै पार्टीहरु लोकतन्त्रको विकल्प होइन, लोकतन्त्रभित्रै विकल्प खोज्न सहमत भएका छन्। त्यसकारण अब लोकतान्त्रिक प्रणालीभित्रका विकल्पहरुको खोजी हुन्छ।’
बर्लिनस्थित बुद्ध हाउस रेष्टुरष्टमा भएको कार्यक्रममा थापालाई सुन्न आउने नेपालीको ठूलै भीड थियो । झण्डै पौने घण्टाको भाषणमा उनले लोकतान्त्रिक प्रणालीकै विकल्पहरुको प्रसंगमा प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आफ्नो अभिमत दोहोर्याएका थिए । उनले  भने, पार्टीको लाईन मान्छु तर मेरो व्यक्तिगत धारणामा नया“ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी सहितको साशकीय प्रणालीमा जानुपर्छ भन्ने हो ।’
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अर्जुन जोशीले पनि संविधान निर्माण हुने भएपछि सभासदले विगतमा जस्तो हिनताबोध गर्नुनपरेको अनुभव सुनाए।
उनले अब संविधान निर्माण पछि मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको भन्दै जर्मनी लगायत यूरोपमा पेशा व्यावसाय गरेर बस्ने नेपालीलाई मुलुकको पर्यटन विकास, आर्थिक विकासको सारथी बन्न आग्रह गरे ।
जनसम्पर्क समिति जर्मनीका सभापति शरण केसीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलवहादुर गुरुङ, महाबाणिज्य दूत रामप्रताप थापा, कार्यवहाक राजदूत प्रकासमणि पौडेल, लगायतले बोलेका थिए। उदघाटनपछिको बन्द सत्रले विजय मोक्तानको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ।

श्रोत  :  अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *