काठमाडौं , २०७२ श्रावन १२,
राष्ट्र बैंकको पुँजी बढाउने मौद्रिक नीति पछि एकाएक उकालो लागेको सेयर बजारमा सोमबार अहिलेसम्मकै उच्च कारोबार भएको छ।
सेयर बजार परिसूचक थोरै घटे पनि बजारमा भने अहिलेसम्मकै सर्वाधिक कारोबार भएको छ। सोमबार मात्रै एक अर्ब ३० करोड ६ लाखको कारोबार भएको छ। बजार परिसूचक भने ७.५५ अंकले घटेको छ। कारोबार अत्यधिक बढेकोले सेयर बजारको सुधारले दिगो बाटो समातेको विश्लेषण गरिएको छ।
मौद्रिक नीति पछि बिहीबार र आइतबार द्ई दिन आकासिएको सेयर बजारको वृद्धि सोमबार समालिएको छ। यो करेक्शनले बजारलाई थप बल पुग्ने विश्वास गरिएको छ। बिहीबार र आइतबार द्ई दिन मात्रै सेयर बजार करिब सय अंकले बढेको थियो।
बजार वृद्धिसँगै नेपाल स्टक एक्स्चेन्जको वेव साइटमा दैनिक रुपमा समस्या देखिएको छ। नेप्सेको वेबसाइटमा बेलुकासम्म पनि बजार बढेको गलत तथ्यांक दिइएको थियो। राति सच्चाइएको थियो।
नेप्सेले सोमबार साँझ विज्ञप्ति जारी गर्दै साइटमा अधिक भार पर्दा समस्या आएको जनाएको थियो ।
श्रोत : अन्नपुर्ण पोस्ट