ताजा खबर

पुल भाँचिएपछि बन्द राजमार्ग अझै खुलेन

नवलपरासी, २०७२ श्रावन १२,

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल सोमबार साँझ भाँचिएपछि ठप्प भएको सवारी आगमन अहिलेसम्म सुचारु हुन सकेको छैन ।

सोमबार साँझदेखि अवरुद्ध राजमार्ग खुलाउने पहल नहुँदा बुटवलबाट पूर्व जाने सवारी साधन र नारायणगढबाट पश्चिम जाने सयाँै सवारी साधनका हजारौ यात्रु अलपत्र छन्  । पुल भाँचिएपछि लामोदुरीका सवारी साधन पोखरा हुँदै आवतजावत गर्न थालेका छन् ।

जीर्ण अवस्थमा रहेको उक्त पुल लच्किएको छ । वैकल्पिक बाटो बनाइ सडक सुचारु गर्न विहान बुटवलस्थित सडक भिडिजन कार्यालयबाट एक्साभेटर र लोडर पठाइएको प्रहरीले जनाएको छ ।

तीनवर्ष अघि पनि पुल भत्किएकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तर सो समयमा सामान्य मर्मत गरिएकाले पुल जोखिममै थियो । पटक पटक नयाँ पुल बनाउनुपर्ने माग उठेपनि पहल हुन सकेको थिएन ।

श्रोत  : अन्नपुर्ण पोस्ट

Related posts