अर्थले उल्ट्यायो राष्ट्रबैंकको नीति

काठमाडौं , २०७२ श्रावन १२,

बैंक तथा वित्तीय संस्थामा विदेशी कम्पनीको लगानी गर्न नदिने नेपाल राष्ट्रबैंकको नीतिलाई अर्थमन्त्रालयले उल्ट्याइ दिएको छ । राष्ट्रबैंकले गत वर्ष मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामा विदेशी कम्पनीको नाममा रहेको सेयर २०७२ असार मसान्तसम्म बिक्री गर्नुपर्ने उल्लेख गरेको थियो ।

राष्ट्रबैंकले सोही अनुसारको निर्देशिका ल्याए पनि अर्थमन्त्रालयले प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) उल्टाउँंदै सात वर्षसम्म यस्तो सेयर बिक्री गर्नुनपर्ने प्रस्ताव गरेको अर्थ सम्बन्ध स्रोतले जानकारी दिएको छ । राष्ट्रबैंकले पठाएको मस्यौदामा विदेशी कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न नपाइने नीति भए पनि अर्थमन्त्रालयले नेपाल बैकर्स संघको सुझावअनुसार नीतिलाई उल्टाइदिएको हो । मस्यौदा अर्थमन्त्रालय हुँंदै मन्त्रिपरिषद्बाट पारित भएर व्यवस्थापिका संसद्मा पुगेको छ ।

संसद्ले आगामी मंसिर महिनासम्ममा विधेयक पारित गर्ने सम्भावना रहेको र त्यस अवधिसम्म बैंकहरूले लाभांश घोषणा नगर्ने हुँंदा राष्ट्रबैैंकको नीति कार्यान्वयनमा भने आउने छैन । ‘बाफियामा विदेशी कम्पनीले पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्न पाउने उल्लेख भएपछि सेयर बिक्री हुँंदैन’, विदेशी कम्पनीको सेयर रहेको एक बैंकका सञ्चालकल भने,‘ ठूलो परिणामको सेयर बिक्री गर्न पनि समस्या छ । खरिदकर्ता आएनन् भने के गर्ने ? ’ राष्ट्रबैंकले अघिल्लो आर्थिक वर्ष विदेशी कम्पनीको नाममा भएको सेयर २०७२ असार मसान्तसम्ममा बिक्री गर्नुपर्ने मौद्रिक नीति र त्यो अनुसार निर्देशिका जारी गरेको थियो ।

राष्ट्रबैंकको नीतिअनुसार नबिल र एनएमबी बैंकमा रहेको विदेशी कम्पनीको सेयर गत असार मसान्तसम्ममा बिक्री गर्नुपर्ने थियो । तर,दुईवटै बैंकले अहिलेसम्म पनि यस्तो सेयर बिक्री गर्ने कुनै तयारी गरेका छैनन् । राष्ट्रबैंकले असार मसान्तसम्म बिक्री गर्ने अवधि तोके पनि नेपाल राष्ट्रबैंकका प्रवक्ता मिनबहादुर श्रेष्ठले बाफियाको संशोधनको मस्यौदामा परिवर्तन भएको विषय आफूलाई जानकारी नभएको बताए । उनले पुरानै नीतिअनुसार विदेशी कम्पनीको नाममा रहेको सेयर बिक्री नगर्ने संस्थाले लाभांश वितरण गर्न नपाउने बताए ।

‘विदेशी कम्पनीको नाममा रहेको वित्तीय संस्थामा अघिल्लो वर्ष कायम रहेको नीति कार्यान्वयन हुन्छ’ ,उनले भने,‘ असार मसान्तसम्म बिक्री गर्ने समय राष्ट्रबैंकले लिएको थियो । सेयर भएर पनि बिक्री नगरेका संस्थाले लाभांश बाड्न पाउँदैनन् ।’ नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा नबिल बैंकमा बंगलादेशको एनबी इन्टरेनसनलको ५० प्रतिशत र एनएमबी बैंकमा योङ लियल्टी एडिसनको १२.५ प्रतिशत नाममा सेयर छ । राष्ट्रबैंकको नीतिअनुसार नबिल र एनएमबीले विदेशी कम्पनीको नाममा भएको सेयर विदेशी बैंक तथा वित्तीय संस्था वा स्वदेशी कम्पनी या व्यक्तिलाई बिक्री गर्नुपर्ने हुन्छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशीले सेयर बिक्री गर्नुपर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने आफूहरू मर्जर प्रक्रियामा रहेको र सेयर कारोबार रोक्का रहेको कारण बिक्री प्रक्रिया सुरु नभएको बताए । नबिल बैंकमा एनबी इन्टरनेसनलको नाममा रहेको कम्पनी भने चौधरी समूहको हो । विनोद चौधरीले आफ्नो आत्मकथामा घुमाउरो बाटोबाट विदेशी कम्पनीमार्फत नबिल बैंकको सेयर खरिद गरेको स्वीकार गरेका छन् ।

पुँंजी वृद्धिमा लगानीकर्ताको धारणा लिने निर्णय नेपाल बैकर्स संघले पुँंजी वृद्धिको विषयमा लगानीकर्तासँंग सल्लाह गरेर मात्र आधिकारिक धारणा ल्याउने भएको छ । बंैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले कार्यसमितिको बैठकले पुँंजी वृद्धिको बारेमा लगानीकर्तासँंग छलफल गरेर मात्र आधिकारिक धारणा ल्याउने नीति भएको बताए । ‘प्रमुख कार्यकारी अधिकृतरू बैंकका व्यवस्थापक मात्र हुन् ’, उनले भने,‘ बैंकमा व्यवस्थापकले पुँंजी थप्ने कुरा हुँदैन । लगानीकर्ताले थप्ने हो । लगानीकर्तासँंगको छलफलपछि मात्र यसको बारेमा धारणा बाहिर आउछ ।’ संघले सबै सदस्यले आफ्नो बैंकमा भएका ठूला लगानीकर्तासँंगको छलफलपछि मात्र धारणा ल्याउने निर्णय गरेको थियो । राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँंजी चार गुणा बढाउने प्रस्ताव गरेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि बैंकरले पुँंजी बढाउने नीति ठीक भए पनि कार्यान्वयन गर्ने समय अवधि कम रहेको बताएका थिए । इन्फोराष्ट्रबैंकले पठाएको मस्यौदामा विदेशी कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न नपाइने नीति भए पनि अर्थमन्त्रालयले नेपाल बैकर्स संघको सुझावअनुसार नीतिलाई उल्टाइदिएको हो ।

श्रोत : अन्नपुर्ण पोस्ट

Related posts