दिननाथ बराल,
पोखरा २०७२ साउन ११,
साउन महिनाको ११ गते वितिसक्दा पश्चिमाञ्चल क्षेत्रमा ७८ प्रतिशत मात्र धान रोपाई सकिएको छ । क्षेत्रिय कृर्षि निर्देशनालयका बरिष्ठ कृषि प्रसार अधिकृत हृदयनाथ घिमिरेका अनुसार पश्चिमाञ्चल क्षेत्रमा आईतबारसम्मको तथ्याङकको आधारमा ७८ प्रतिशतले २ लाख ४४ हजार ८ सय ५ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ ।
घिमिरेका अनुसार ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफल पश्चिमाञ्चल क्षेत्रमा धान रोप्ने गरेको खेति योग्य जमिन रहेको छ । पश्चिम क्षेत्रमा अब २२ प्रतिशत जसो मात्र धान रोप्न बाँकी रहेको छ । उनका अनुसार पश्चिमाञ्चल क्षेत्र अन्र्तगत सवै भन्दा धेरै नवलपरासि र सवै भन्दा कम गोर्खामा धान रोपाई भएको छ । नवलपरासिमा ९८ प्रतिशत धान रोपाई सकिएको छ । बरिष्ठ कृषि प्रसार अधिकृत घिमिरेका अनुसार नवलपरासिमा ४४ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने अब २ प्रतिथशत मात्र धान रोपाई हुन बाँकी रहेको छ । त्यसै गरी गोर्खा जिल्लामा भने ५५ प्रतिशत मात्र धान रोपाइ भएको छ । बर्षा कम भएको कारणले गर्दा गोर्खामा हालसम्म १२ हजार ८९ हेक्टर क्षेत्रफलमा धान रोपाईको जमिन योग्य भए पनि हालसम्म ६ हजार ६ सय ४९ हेक्टरमा मात्र धान रोपाई भएको उनले बताए । मनाङ र मुस्ताङमा भने खासै धान रोपाई हुदैन ।
त्यसै गरी कास्कीमा भने आईतबारसम्ममा ८५ प्रतिशत धान रोपाई सकिएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईरालाका अनुसार कास्कीमा १५ प्रतिशत धान रोप्न बाँही रहेको छ । कास्कीमा २६ हजार ५ सय रोपनी क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । कास्कीमा प्रायः गरी जेठोबुढो, राधान, खुमल ४, खुमल ८, खुमल १०, सुख्खाधान लगायतका धानको जात हुने गरेको छ । मकैबारी तथा केहि टारी खेतमा धान रोप्न बाँकी रहेको उनले जनाए । कार्यालयले यस बर्ष करीब २ ट्रन धानको विउ वितरण गरेको थियो ।