संविधानको प्रारम्भिक मस्यौदामा धर्म निरपेक्षता भन्ने शब्द राखिएपछि जनताहरु आक्रशित बनेको थियो। गत साउन ४ र ५ गते जनतासँग सुझाव संकलनमा गएका सभासद्हरुलाई जनताले यसमा विरोध जनाएका थिए।
नेकपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि धार्मिक स्वतन्त्रता राख्ने बताएका थिए। त्यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सर्वधर्म र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गचेछदारले धार्मिक स्वतन्त्रता राख्ने पक्षमा छन्।
एमाओवादी अध्यक्ष दाहालले पनि पहिलोपटक आफ्नो धारणा राख्दै धर्म निरपेक्षता हटाएर अर्को कुनै शब्द प्रयोग गर्ने बताएका हुन्।
त्यस्तै उनले पार्टीको अडान कार्यकारीमै रहेको बताए। तर संविधान निर्माण प्रकृयामा यसले कुनै असर नगर्ने उनले स्पष्ट पारे। ‘पार्टीको धारणा अझै कार्यकारीमै छ। त्यही अडानमा बसेर संविधान निर्माण जारी हुन्छ। यसले कुनै बाधाअडचन गर्दैन,’ उनले भने।
श्रोत : नागरिक