ताजा खबर

फ्रेन्ड्स र हिमालयनमाथि कारबाही कायमै

काठमाडौ,  २०७२ श्रावण ११,

अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले फ्रेन्ड्स क्लब र यती हिमालयन शेर्पामाथिको कारबाही जारी राख्ने निर्णय गरेको छ ।

संघले यी दुई क्लबको वैधानिकतालाई लिएर सोधेको प्रश्नमा अहिलेसम्म सन्तोषजनक उत्तर नआएको हुँदा उनीहरूलाई फुटबल गतिविधिमा सहभागी हुनबाट वञ्चित गरिएको हो ।

बैठकले सरस्वती र मछिन्द्रमाथिको यस्तै प्रतिबन्ध भने हटाएको छ । बैठकले आउने साधारणसभामा पेस गर्न आर्थिक नियमावली पनि तयार गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष गणेश थापाको नेतृत्वमा बसेको बैठकले साफ यू–१९ प्रतियोगिता एन्फा कम्प्लेक्समा रहेको मैदानमा उद्घाटन गर्ने पनि निर्णय गरेको छ । यस्तै च्यासल मैदानलाई १० हजारभन्दा माथिको दर्शक क्षमताको दर्शकदीर्घा बनाउन दिने सरकारी निर्णयको पनि स्वागत गरेको छ ।

बैठकले संघको प्राविधिक निर्देशकमा जापानी नियुक्त गर्ने र यसका लागि जापान फुटबल संघसँग कुराकानी अगाडि बढाउने पनि भएको छ । यसैको छलफलका लागि जापानी संघका प्रतिनिधि यसै साता काठमाडौं आउने पनि भएको छ । बैठकले बाँसबारी युवा क्लबका महासचिव मधुसूदन उपाध्यायलाई संघको सदस्यमा नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

श्रोत : कान्तिपुर

Related posts