ताजा खबर

कैलास विकास बैंकलाई पुनः उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार

दिननाथ बराल
पोखरा, २०७२  साउन १०,

कैलाश विकास बैंकले पुनः उत्कृष्ठ वित्तीय प्रतिवेदन पुरस्कार जितेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रदान गर्ने उक्त पुरस्कार विगत तीन बर्ष अघि पनि प्राप्त गरेको बैंकले यस बर्ष पनि उक्त पुरस्कार प्राप्त गर्न सफल भएको हो । बैंकले तयार गरेको आथिर्क वर्ष २०७०÷०७१ को वित्तीय विवरणमा न्यूनतम मापदण्ड पुरा गरी उक्त उपाधि जित्न सफल भएको हो ।

बैंकले विकास बैंक तथा वित्त कम्पनी समूहमा उत्कृष्टता हासिल गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । बैंकको २०७२ असार मसान्तसम्ममा ८९ करोड ५३ चुक्त पुँजी रहेको बैंकले यो अवधिमसम्मा आठ अर्ब ९९ करोड निक्षेप संकलन गरी सात अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । गत आवमा बैंकले ४० करोड ४५ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको थियो ।

हालसम्म बैंकले देशका २४ शाखा मार्फत इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ सुविधा सहित १४ वटा एटीएम मेसिन मार्फत कैलाशले सेवा दिँदै आएको छ । बैंकले छिट्टै नै चितवन र गोरखामा एक एक शाखा थप गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए । यसै बिच राजधानिमा हालै आयोजित एक समारोहमा अर्थ मन्त्री डा. रामशरण महतले उक्त उपाधि बैंकलाई हस्तान्तरण गरेका हुन ।

Related posts