
दिननाथ बराल,
घोरेपानी (कास्की), २०७२ साउन १०,
अन्नपुर्ण संरक्षण क्षेत्र ए क्यापमा पर्ने म्याग्दीको घोरेपानी १ धारामा रहेको सवै भन्दा पुरानो सुपर भ्यु होटलको ४ दशक पछि मात्र मुहार फेरीदै छ । होटल व्यावसायी जुम पुनले संचालन गर्दै आएको घोरेपानीको सवै भन्दा पुरानो होटल हाल करीब दुई करोडको लागतमा नव निमार्ण गर्न लागेका हुन ।
३७ बर्षीय पुनले भने “बाब नारायणसिंह पुनले खरले छाएको टहराबाट सुरु भएको उक्त होटल मैले ४० बर्ष पछि नयाँ ढंगले नव निमार्ण गर्न लागेको हु ।” गत फागुनबाट सुरु गरेका उक्त होटलको निमार्ण कार्य आउदो पर्यटनको सिजन असोजसम्म सम्ने लक्ष्यका साथ निमार्ण कार्य तिब्र गतिमा भई रहेको उनले बताए । काठ, ढुंगा,जस्तापाता लगायतबाट निमार्ण हुदै उक्त होटल हाल पक्की ढलानमा निमार्ण हुदै छ । एक ट्याक्टर वालुवा घोरेपानीमा पुराउदा २५ हजार रुपैया लाग्ने उनले बताए । मैदलमार्गमा पर्ने सो क्षेत्रमा घर निमार्ण गर्ने कच्चा पदार्थ तथा निमार्ण सामाग्रि खच्चडले नै वोक्ने गर्दछ । घर तथा भवन निमार्ण गर्दा आवश्यक पर्ने निमार्ण सामाग्रिको ढुवानी खर्च मात्र ५० प्रतिशत जसो खर्च हुने गरेको पुनले जनाए । पर्यटनको सिजनमा पर्यटकहरुको अत्याधिक चाप भएकोले आफुले गुणस्तरीय सेवा दिने उद्धेश्यले होटलमा ठुलो लगानी गरेको पुनले बताए । बर्खायामको सिजनमा पनि भूकम्प भन्दा पहिला एक सयको हाराहारीमा दैनिक जसो पर्यटकहरु आउने गरेको बताएका पुनले हिजोआज भने १० प्रतिशत जसो मुस्कीलले आउने गरेको जनाए ।
घोरेपानी पुनहिलबाट सनराईज देख्न सकिन्छ भने आकास खुल्दा कास्की, पर्वत, लमजुङ, मुस्ताङ, स्याङजा, पाल्पा सहितका अन्य जिल्ला देख्न सकिन्छ भने माछापुच्छ«े, अन्नपूर्ण मनासुलु लगायता १९ वटा हिमश्रृखलाहरु देख्न सकिने भएको स्थानीय होटल व्यावसायी टेकसरबुदुजा पुनले बताए । पुन हिल समुद्री सतहबाट ३ हजार २ सय १० मिटर उचाईमा रहेकोले घोरेपानी पुगेका अधिकाशं पर्यटकहरु जाने गरेको पुनले दाबी गरे । घोरेपानी भने २ हजार ८ सय ७४ मिटर उचाईमा रहेको छ भने घोरेपानीबाट पुन हिल जान पैदल ३० मिनेटमा पुगिन्छ । पैदल मार्ग तथा खच्चडको बाटो राम्रो नभएकोले पर्यटक तथा निमार्ण सामाग्रि वोकेर घोरेपानी पुराउन केहि समस्या परेको उनले गुनासो गरे । घोरेपानीमा जाने पैदल मार्गमा खच्चड र पर्यटक हिड्ने एउटै बाटो भएकोले बर्खायाममा थप समस्या भोग्नु परेको पोखराका पर्यटन व्यावसायी तथा पोखरा पर्यटन पुर्नजागरण समिति पिटिआरसीका संयोजक गणेश बहादुर भट्टराईले बताए ।